नरसिंह अवतार–प्रह्लाद उद्धार
प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।
सप्तपाताल पोखरी दुई वर्षभित्र पुनर्जीवित गर्ने लक्ष्य
ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको सप्तपाताल पोखरीलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । महानगरपालिकाले सो पोखरीको निर्माण कार्य अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
प्रचार–प्रसार नहुँदा ओझेलमा कालिका भगवती मन्दिर
पर्वतको धार्मिक पर्यटनको सम्भावना बोकेको कालिका भगवती मन्दिरको प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयको बुझाइ छ ।
मालिकार्जुन जात्रामा भक्तजनको घुइँचो
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज आइतबार दार्चुला जिल्लाकै प्रसिद्ध जात्रा सुरुभएको छ ।
दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै
सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू अहिले गीतमय बनेको छ ।
पशुपति महास्नान आइतबार
मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान आइतबार हुने भएको छ । मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने पालो मकै सुब्बाका सन्तति घट्टेकु्लो निवासी राजेश जोशीको परेको छ ।
थारु समुदायको मेडरी नाच लोप हुने खतरा
प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो ।
मधेशमा ‘लबान’ पर्व मनाइँदै
तराई-मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।
नौमती बाजा सिक्दै इलामका महिला
इलाम नगरपालिका– ९ की ५५ वर्षीया भीमा पाठक अहिले नौमती बाजा मध्येको ढोलक बजाउन निकै पोख्त भइसक्नु भएको छ । उमेर घर्किँदै जाँदा पनि पाठकलाई आफ्नै विवाहमा बजेका नौ मति बाजामा नाच्ने रहर अझै पुरा भएको छैन ।