आमा र बुवाको किरिया पुत्री बस्नुभयो नेतृ उषाकला राई
संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।
माधवनारायणको पूजाअर्चना
भक्तपुरको हनुमन्तेस्थित हनुमान घाटमा भक्तजनले बिहीबार बिहान नुहाएर माधवनारायणको पूजाअर्चना गरेका छन् । माधवनारायण व्रत सेवा समितिका लक्ष्मीप्रसाद रञ्जितका अनुसार व्रत लिनेहरू बालकदेखि वृद्धसम्म हुने भएकाले उनीहरूको स्वास्थ्यको अवस्थालाई ध्यानमा राखिएको छ ।
थारु समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरूले थारु समुदाय लक्षित नीति बनाएका छन् । राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारु समुदायको गाउँघरमा हुने कामलाई सामूहिकरुपमा गर्ने र न्यायिक कार्य पनि गर्ने गर्छन् ।
आदिवासी सन्थाल जाति 'सोहराय' पर्व मनाउँदै
अल्पसङ्ख्यक आदिवासि सन्थाल जाति यतिबेला आफ्नो सबैभन्दा ठूलो पर्व 'सोहराय' मनाउन व्यस्त छन् ।
सेतो मच्छिन्द्रनाथको साजसज्जा
सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो ।
माघीको मेलमिलाप
थारूको सबैभन्दा ठूलो पर्व माघी थारूहरूले परापूर्वकालदेखि धूमधामसँग मनाउँदै आइरहेका छन् । थारू समुदायले स्थान विशेष अनुसार फरक फरक तरिकाले विशेष महत्व दिएर माघी मनाउने गर्छन् । यस पर्वलाई थारूले विशेष गरेर नयाँ वर्ष, उन्मुक्ति दिवस, सदभाव र मेलमिलापका रूपमा तथा चेलीबेटीलाई कोसेली उपहार दिने पर्वका रूपमा मनाउने चलन रहिआएको छ । यस पर्वमा धुमरु गीत गाउने, डफ, मादल बजाउने र मघौटा आदि नाच नाच्ने गरिन्छ ।
देउडा संरक्षणमा सरकारले बजेट छुट्याउछ: मन्त्री धामी
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले आगामी बजेटमा देउडा आइडल आयोजना गर्न बजेट छुटाउने बताउनु भएको छ ।
आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।
स्वस्थानी व्रतकथा आजबाट
उपत्यकाको पूर्वी भेग साँखुको शालीनदीमा एकमहिने माधवनारायण मेला बिहीबारदेखि सुरु हुने भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने हिन्दु धर्मावलम्बीको यो पर्व स्वस्थानी व्रतकथा वाचन तथा माधवनारायणको पूजा आराधना गरी मनाइन्छ । माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घर घरमा स्वस्थानी कथा पढ्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
शिवराजमा थारू सङ्ग्रहालय सञ्चालन
कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय सञ्चालनमा आएको छ । नगरपालिकाको वडा –१ उमरीमा थारु संस्कृति, सभ्यता, रहनसहन, भेषभुषाको प्रवर्धन हुनेगरी सङ्ग्रहालय सञ्चालन गरिएको छ ।
किरात बाहिङ संस्कृति 'हंङ बोचो'
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
अयोध्यामा रामको प्राणप्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ ।
राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा खुसीयाली
त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधको राजकुमार रामको विवाह भएदेखि नै जनकपुर र अयोध्याको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा माघ ८ गते आज राम मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ ।
अयोध्या लगिएको देवशिला स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै
भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ ।
‘वास्तुकला परिवर्तनको स्वरूप देखाउन खोजिएको छ’
विदेशी अग्ला टावर, आधुनिक प्रविधियुक्त घर र डोल्पाको संस्कृतियुक्त घर । यी सबै केही बेरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा देख्न पाइन्थ्यो ।
संरक्षणविना जीर्ण लवकुश जन्मेको वाल्मीकि आश्रम
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठ मन्दिरमा दीपावलीे गरी उत्सवको रूपमा मनाइएको छ । तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम यतिबेला ओझेलमा छ ।
नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।
प्राणप्रतिष्ठाको खुसीयालीमा दीपोत्सव तयारी
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा आज (सोमबार) धनुषा भगवान् राममय भएको छ । आज रामको प्राण प्रतिष्ठा गरिएको छ ।
अयोध्यामा रामको मूर्ति प्राण प्रतिष्ठाको साइतमा कालिगण्डकीमा लाख बत्ती प्रज्वलन
भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधामस्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।
अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति
अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति ९प्रतिमा० तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।
भगवान् रामको प्राणप्रतिष्ठाको अवसरमा बिदा
हिन्दु धर्मावलम्बीहरूका भगवान् मर्यादा पुरुषोत्तम श्रीरामको आज सोमवार छिमेकी राष्ट्र भारतको अयोध्यामा नयाँ मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा हुँदैछ । रामको मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा सुनसरी जिल्लाका अधिकांश स्थानीय पालिकाले आज एक दिन सर्वजनिक बिदा दिएका छन् ।
राम मन्दिरको प्राण प्रतिष्ठा : जनकपुरमा उत्सव तयारी
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
तस्बिरमा श्री पचली भैरवको खड्ग सिद्धी जात्रा
हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ ।