यल इतिहल्न सम्यक् महादानको तयारी
दिपंकर पर्वका नामले प्रख्यात सम्यक् महादान पर्वको आयोजना हुने भएको छ । २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)ले फागुन ३० देखि चैत १ गतेसम्म यल इतिहल्न सम्यक् महादान पर्वको आयोजना गर्ने तयारी गरेको हो ।
सप्तरीको कृष्णाराम मरौटीस्थल ओझेलमा
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको १ स्थित चुरे पहाडमा अवस्थित कृष्णाराम मरौटी स्थल ओझेलमा परेको छ ।
महाशिवरात्रि पर्व भव्य बनाउन पशुपति क्षेत्रमा तयारी
यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।
वनारसीधाममा महाशिवरात्रिको तयारी
पाटन नगरपालिका–३, गुजरमा रहेको प्रसिद्ध वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर परिसरमा हुने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । सो मन्दिरका पुजारी ज्योतिष पण्डित गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) ले सबै जातजातिले श्रद्धापूर्वक पूजा प्रार्थनासहित मेला भर्ने सो मन्दिरमा शिवरात्रि मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशाल मेलाका साथै शल्य दशमीका दिन २२ ताल सहस्र लिङ्ग विशेष गात स्नान गराउने (सुन्दरी, ताल, एकधारे ताल, देवरह ताल र सैनी ताललगायत स्थानीय २२ वटा जलाशयबाट पानी सङ्कलन गरी) मुख्य मन्दिरको शिवलिङ्गको स्नान गराउने परम्परा रहेको पुजारी पन्तले बताउनुभयो ।
जहाँ सोह्रौँ शताब्दीदेखि दलित र ब्राह्मण पुजारी छन्
बैतडी जिल्लाको पाटन नगरपालिका–३ गजुरमा रहेको प्रसिद्ध वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा दलित र ब्राह्मण पुजारीहरू सँगसँगै पूजा पाठमा संलग्न हुँदै आएका छन्।
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै
ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो ।
लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव
आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ ।
आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धनका लागि महोत्सव
आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनारामा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ।
सप्तरीमा महाशिवरात्रिको तयारी तीव्र
सप्तरीको विभिन्न ठाउँका महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी सुरु भएको छ । जिल्लाको महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी तीव्र रूपमा भइरहेको छ ।
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो ।
जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान
अयोध्यामा राममन्दिर निर्माण भएपछि त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताउनुभयो ।
संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ ।
पुरातात्त्विक स्थलमा समयमाईको मन्दिर
कपिलवस्तु जिल्ला वडा नं. २ को लमतियामा अवस्थित छ, समयमाईको मन्दिर । यस मन्दिरमा पाँच वटा माटोको रातो थुम्का रहेका छन् ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु
लुम्बिनी प्रदेशका घरेलु तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभएको छ ।
संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा
संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।
मिनी म्याराथनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ
नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
आपसी सद्भाव कायम गरेर अघि वढौ: मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विकास र समृद्धिका लागि सबै जात जाती भाषा संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभर्यो अनेकतामा एकता, विविध संस्कृति नेपाली मौलिक विशेषता हो । जातजाति , भाषा संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी राज्यको हो ।
पाल्पामा मगर दिवसको रौनक (फोटो फिचर)
मगर समुदायले आज देशैभर ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका १० वटै स्थानीय तहमा अहिले सांस्कृतिक झाँकी प्रदर्शन सहितका कार्यक्रम जारी छ ।
मगर दिवसमा सांस्कृतिक झाँकी प्रदर्शन
४२ औं मगर दिवसका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर)
भरतपुर उपमहानगरपालिका– १ पुलचोकमा अवस्थित प्रख्यात ईश्वरी माईको मन्दिर । नारायणगढको नारायणी नदीको पुग्नु अगावै पुलचोकको उत्तरतर्फको सडकको केही दुरीमा बायाँतर्फ यो प्यागोडा शैलीको ईश्वरी माईको मन्दिर रहेको छ ।
कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने
लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।
पौराणिक महत्व बोेकेको दन्तकाली मन्दिर
धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिक स्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ ।
कालीगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्रामले परिचित पवित्र कालिगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको बताउनुभएको छ ।