• ११ मंसिर २०८१, मङ्गलबार

आपसी सद्भाव कायम गरेर अघि वढौ: मुख्यमन्त्री शर्मा

blog

नेपाल मगर महासङ्घको ४२औ स्थापनाको अवसरमा सुर्खेत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर: मुख्यमन्त्रीको सचिवालय

सुर्खेत , फागुन १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले  विकास र समृद्धिका लागि सबै जात जाती भाषा संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभर्यो अनेकतामा एकता, विविध संस्कृति नेपाली मौलिक विशेषता हो । जातजाति , भाषा संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी राज्यको हो ।

नेपाल मगर महासङ्घको ४२औ स्थापनाको अवसरमा सुर्खेत आयोजित कार्यक्रममा नेपाली राजनैतिक आन्दोलनमा मगर समुदायले गरेको योगदान उल्लेख गर्न लायक भएको भन्दै मुख्यमन्त्री शर्माले अधिकारलाई कुण्ठित गरेर शान्ति स्थापना हुँदैन । अधिकार दिएर मात्र दिगो शान्ति सम्भव छ । त्यसैले सबै जात जाती भाषा आदिलाई संरक्षण सम्वद्धन गरौँ ।’

जनयुद्धको जगमा भएको जनआन्दोलनबाट प्राप्त संविधानले सबै जाती ,भाषा, धर्म संस्कृतिलाई आत्मासाथ गरेको छ मुख्यमन्त्री शर्माले भन्नुभर्यो  संविधानमै  महिला, दलित, मधेसी र जनजातिलाई प्राथमिकता दिने व्यवस्था भएको छ । अनेकतामा विविधता लाई केन्द्रित गर्दे  आपसी सद्भाव कायम गरेर समुन्नत समाज निर्माण गर्न सकिन्छ । 

समाजमा रहेका विकृति विसंगगती अन्याय, अत्याचार अन्त्यका लागि मगरले सङ्घले भूमिका निवार्ह गर्नु पर्नेमा शर्माले जोड दिनुभयो ।