'होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ'
नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् ।
सामाजिक सद्भावको पर्व फागु
संस्कृतिविद् गोविन्द टण्डन आजको दिन होली नभएर फागु खेल्ने दिन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पञ्चाङ्गमा पनि फागु अथवा फागुपूर्णिमा भनेर लेखेको हुन्छ । त्यसैले हामीले यसलाई होली भन्दा पनि फागु भन्ने गरेका छौँ ।” फागुपूर्णिमा भनेको हाम्रो संस्कृतिभित्रको अभिन्न अङ्ग, संस्कार र मनोरञ्जनको साधनका रूपमा देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिले होलीमा सबै परिवारका सदस्य र साथीभाइ जम्मा हुने, खेल्ने, रमाउने र मिठो मिठो खाने चलन मुलुकभरि नै थियो । अहिले धेरै कुरा परिवर्तित भइसक्यो । एक त फागु खेल्ने युवा जमात नै देशमा छैनन्, धेरै जसो बिदेसिए । बुढापाकाको पुस्ता विस्तारै कम हुँदै गएपछि परम्परागत रूपमा होली खेलिने चलन हराउँदै गएको छ ।
होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्छः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ ।
होली र सेतो पहिरन
‘होलीले मेरो रङ्गायो नयाँ चोली...’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समय सन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ ।
बसाइसँगै सर्यो होली
असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक् तरिकाले मनाइने गरिन्छ ।
होलीमा काठमाडौँका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी
जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ ।
तीन हजार बढी मुस्लिमद्वारा सामूहिक रोजा इफ्तार
मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपालगन्जमा तीन हजार बढी जनाले एकै ठाउँमा सामूहिक रोजा इफ्तार गरेका छन् ।
‘होलीमा मोबिल दल्नु संस्कृति होइन’
त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले होली पर्वमा मोबिल दल्नु सांस्कृतिक पक्षभित्र नपर्ने बताउनुभएको छ ।
हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर)
मकवानपुरको हेटौडा उपमहानगरपालिका हेटौडा बजारदेखि करिब १३ किमी दक्षिण तर्फ अर्थात् वीरगन्ज जाने पूर्वपश्चिम राजमार्गको बायाँ तर्फ चुरे पहाडको फेदीमा यो प्रख्यात चुरियामाईको मन्दिर अवस्थित रहेको छ। यो मन्दिर चुरे पहाडमा भएकोले यस देवीलाई चुरेमाई अर्थात् चुरियामाई भन्ने गरिएको छ।
उपत्यकामा होली पर्वको बेग्लै रौनक
गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि काठमाडौं उपत्यकामा होली पर्व प्रारम्भ हुन्छ । गत आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।
होलीमा नौ सय प्रहरी परिचालन, ९० स्थानमा चेकजाँच
होलीलाई दुर्घटना रहित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ ।
थकाली समुदायको तोरन्ल पर्व सुरु
हिमाल पारीको जिल्ला मुस्ताङमा शुक्रबारदेखि थकाली समुदायले तोरन्ल पर्व मनाउन सुरु गरेका छन् । लामो समय सम्म मनाइने पर्वमा आदिवासी जनजाति मध्ये एक थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर मनाउने प्रचलन छ ।
परम्परा जोगाउँदै फागु पर्व
पाल्पामा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाउने तयारी भएको छ । पाल्पासहित पहाडी जिल्लामा शनिबारदेखि नै फागु नाच्ने प्रचलन रहेको छ । पाल्पाको ऐतिहासिक स्थल लालपाटी, चिदीपानी, रिब्दीकोट, तानसेनमा फागु (होली) पर्वमा विविध कार्यक्रम गर्ने तयारी छ । परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–१ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ ।
जनकपुरधाममा महामूर्खको खोजी हुँदै
जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।
जनजातिको पहिचान झल्काउँदै महोत्सव
चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सव स्थलमा बनाइएका जातीय संस्कृति झल्कने आकर्षक घर। तस्बिर : शान्ता अधिकारी
पौराणिक स्थलबाट धार्मिक पर्यटकीय स्थलमा परिणत
पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिकस्थलबाट प्रमुख धार्मिक पर्यटकीयस्थलमा परिणत भएको छ ।
होलीको मौलिकता जोगाउने जिम्मेवारी नयाँ पुस्तामा
सामाजिक एकता र सद्भावको पर्व होली हराउँदै जान थालेपछि मौलिकता जोगाउने जिम्मेबारी नयाँ पुस्ताको काँधमा आएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनुभएको छ ।
“जिउँदो बाघ” को अमर कीर्ति
हिन्दु धर्मावलम्बीका लागि चारधामको विशेष महत्व छ । चारधाममा बद्रीनाथ धाम, द्वारका धाम, रामेश्वर धाम र जगन्नाथ धाम पर्दछन् । यिनलाई वैष्णव तीर्थ पनि भनिएको छ । बद्रीनाथ धाम भारतको उत्तराखण्डमा पर्छ भने द्वारका धाम गुजरातमा, रामेश्वर धाम तमिलनाडुमा र जगन्नाथ धाम ओडिसामा पर्दछ । उत्तराखण्डका चार धाम चाहिँ बद्रीनाथ, केदारनाथ, गङ्गोत्री एवं यमुनोत्री हुन् । तीर्थालुहरू हरिद्वार, ऋषिकेश आदि क्षेत्र हुँदै यमुनोत्री, गङ्गोत्री, केदारनाथ र बद्रीनाथको यात्रा पूरा गर्दछन् ।
कला, संस्कृति संरक्षणमा कठरिया युवा
नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने कठरिया थारू समुदायका युवा आफ्नो मौलिक कला, संस्कृति संरक्षणमा जुर्मुराएका छन् । थारू जातिमा अल्पसङ्ख्यक समुदायका रूपमा रहेको सो समुदायका युवा लोप भइरहेको कला, संस्कृति संरक्षणमा जुटेका हुन् । कैलाली, बर्दियासहित भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कठरिया समुदायको कला, संस्कृति लोप भइरहेको छ ।
छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा गर्न आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निवारण गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
राना समुदायको पृथक् होली
अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक् तरिकाले मनाउने गरेका छन् । झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ ।
नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने
धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने गरी महायात्राको तयारी थालिएको हो ।
प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै
बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहजरुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।
धुलिखेलमा माछा मार्ने जात्रा प्रदर्शन
भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मङ्गलबार धुलिखेलमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणका विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा धुलिखेल नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा धुलिखेलमा ल्याइने चलन रहेको नवदुर्गा देवगण नारायणमान वनमालाले जानकारी दिनुभयो । धुलिखेलमा जात्रा सकिएलगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट लगिने छ । नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदा गरेको छ । धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठुलो भोजनग्रहण) गराइएको छ । धुलिखेलवासी नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् ।