• १५ वैशाख २०८१, शनिबार

होलीको मौलिकता जोगाउने जिम्मेवारी नयाँ पुस्तामा

blog

होलीको सांस्कृतिक पक्ष जोगाउन लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसले आयोजना गरेको जोगिरा कार्यक्रम । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, चैत ९ गते । सामाजिक एकता र सद्भावको पर्व होली हराउँदै जान थालेपछि मौलिकता जोगाउने जिम्मेबारी नयाँ पुस्ताको काँधमा आएको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभएको छ । 

लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप समितिले आयोजना गरेको होली महोत्सव कार्यक्रमलाई सम्बोधनको क्रममा यस्तो बताउनुभएको हो । होलीको मौलिकता जोगिरा अभ्यास सरुवती पूजाको समापन्नसँगै सुरु हुने गरेको नगरप्रमुख चौधरीले स्मरण गराउँदै भन्नुभयो, "हाम्रो सांस्कृतिक पर्वलाई कमजोर हुन नदिन यस क्याम्पसका विद्यार्थीहरु सांस्कृतिक पर्वहरुको रक्षाको लागि आफ्नो गाउँ टोलमा सांस्कृतिक क्लव बनाएर होली पर्व मनाएर सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्न आवश्यक छ ।" 

जेएस मुरारका बहुमुखी क्याम्पसका सञ्चालका समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख चौधरीले थप्नुभयो, "भौतिक विकासले मात्रै पुग्दैन सामाजिक एकता भ्रातृत्व कायम गर्ने होली पर्वको रौणकता सामाजिक सञ्जाल युट्युबमा मात्रै सीमित भएर हुँदैन, मौलिकता झल्किने गरी रौनकता बढाउनसमेत लहान नगरपालिकाले बजेट विनियोजन गरिरहेको छ । यसको अगुवा जेएस मुराारका क्याम्पसका विद्यार्थीहरुले गर्नुपर्ने समय आएको छ ।"

प्रध्यापक प्रमोदानन्द झाका अनुसार असत्यमाथि सत्यको जीत भएको हर्ष र उल्लासमा मनाइने होली पर्वको मौलिकतामा ह्रास आउने प्रमुख कारण युवा पुस्ता वैदेशिक रोजगारीमा जानु र पुरानो पुस्ताले ओली जोगिरा अभ्यास नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्नु रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, "सांस्कृतिक पक्षलाई मजबुत गर्ने कार्यक्रमलाई समेट्न जेएस मुरारका बहुमुखी क्याम्पसले थालेको प्रयास र लहान नगरपालिकाको रुचि प्रशंसनीय छ ।"

महदेवा पोर्ताहाका पूर्व गाविस अध्यक्षसमेत रहिसक्नुभएका रामनारायण यादवले सांस्कृतिक कार्यक्रमलाई बढावा दिएर सबैको प्यारो भएर आफू गाउँपालिका अध्यक्षसम्म चुनिएको अनुभव सुनाउँदै भन्नुभयो, "यतिबेला गाउँ गाउँमा रहेको सांस्कृतिक कार्यक्रम र भजन किर्तनका लागि गठित कीर्तनिया मण्डलीहरुमा नयाँ पुस्ता टाढिँदै जान थालेपछि होलीको राैनकता र मौलिकतामा ह्रास आएकै हो। यसको लागि स्थानीय र प्रदेश सरकारले पुनरूत्थान गर्न आवश्यक छ ।"

होली पर्वमा अत्यधिक मदिरा सेवन गरेर गाउँ गाँउमा जोगिरा खेलेर सांस्कृतिक पक्षलाई बढावा दिनुको सट्टा अनावश्यक रङ अबीर दलेर लडाइँ झगडा र अशान्तिमय वातावरण सृजना हुन थालेपछि के गरिब के धनी सबै सडककमा आएर मनाउने होली असुरक्षाका कारण घरबाट बाहिर निस्कन नथालेपछि होली पर्वमा खेलिने जोगिरामा ह्रास आएको शिक्षक बिन्देश्वर यादवको भनाइ छ ।