बर्दियाको ठाकुरबाबा मन्दिरमा भक्तजनको घुइँचो
थारु जातिको महान् पर्व माघीको सुरुवातसँगै ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघ १ गते पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
माघ लहैली सुरिक सिकार खैली रे हाँ...
कुहिरो र शिरशिर बताससँगै जाडो चरमचुलीमा छ । यो चिसो मौसममा मघौटा नाचगान एवम् गीतबासले थारु बस्ती भने तातिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाइ रहेका छन् । महान् पर्व एवम् नयाँ वर्ष माघ (माघी) को उल्लास थारु समुदायमा छाएको हो ।
नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका कागलाई सेल रोटी र मानिसले कन्दमूल खाएर मनाइने मौलिक पर्व नरहरि ( माघे सङ्क्रान्ति) पर्वको रौनक सुरु भएको छ ।
असन बजारमा चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा असन बजारमा चाकु लगायत तिलौरा तिलको लड्डु घ्यू किन्नेको भीड बाक्लै देखियो । विशेषता घ्यू चाकु खाएर मनाइने भएकाले पनि विशेष दिनका लागि आवश्यक सामान किन्नेको भीड लागेको हो ।
प्राचीन येले संवत्
नेपाल बहुजाति, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । त्यसैले यहाँका मानिसका आआफ्नै भाषा, धर्म, संस्कार, संस्कृति रहेका छन् । संवत्हरू पनि थरीथरीका छन् । विव्रmम संवत्, नेपाल संवत् आदि विभिन्न संवत् छन् । किराँत राईकोे किराँत येले दँः (किराँत येले संवत्) नामक संवत् रहेको छ । यो संवत्को आरम्भ माघ १ गतेदेखि हुन्छ । नयाँ वर्षारम्भको अवसरलाई किराँतहरूले नयाँ वर्ष र माघी पर्वको रूपमा मनाउँदै आएका छन् । प्राचीन किराँत राजवंशका पहिलो हाँःङ् (राजा) भनिएको यलम्बरले सुरु गरेको भनिएकै कारण किराँतहरू यस संवत्लाई येले दँः (येले संवत्) भन्ने गर्दछन्, जस अनुसार यस वर्ष (२०८०) को माघ १ गते येले संवत् ५,०८४ मा प्रवेश गरेको छ ।
सहिष्णुताको पर्व
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । यहाँ एक विशाल बहुजातिको जनसमूह छ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हुन् । नेपाल एउटा बहुजातिक देश भएकाले यहाँ प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महìव बोकेको मौलिक चाडपर्व छन् । त्यस्तै तराईको प्रमुख आदिवासीका रूपमा प्राचीन कालदेखि प्रख्यात तराईको भूमिपुत्र थारू जाति पनि एक हुन् ।
राष्ट्रिय भक्का दिवस मनाइयो
सातौँ राष्ट्रिय भक्का दिवस झापामा मनाइएको छ । रैथाने परम्परागत खाद्य परिकारका रूपमा प्रवर्धन र संवर्धन गर्ने साझा प्रतिबद्धतासहित आइतबार भक्का दिवस मनाइएको हो । राजवंशी समाज वि
माघेसंक्रान्तिको रौनक : तराईदेखि पहाडसम्म
आज माघ १ गते अर्थात् माघेसंक्रान्ति । सबै हिन्दु धर्मावलम्बीले यो पर्व धुमधामका साथ मनाउने गरेका छन् । विभिन्न शक्तिपीठमा गई नुहाई शुद्ध भएर पूजापाठ गर्ने चलन यस दिन छ । तातोपानीको
तरूल, घिउ, चाकु, खिचडीले शरीरमा न्यानोपना प्रदान
माघे संक्रान्तिमा पर्वमा तरूल, घिउ, चाकु, खिचडी खाएर मनाउँने गरीन्छ। यी यस्ता खाध्यबस्तु खाँदा जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदाजनक हुने पोषणविद् बताउछन् ।
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्दछः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
थारु गाउँमा माघी पर्वको रमझम
थारु समुदायका सदस्यहरुले आफ्नो नयाँ वर्ष माघी मनाउन सुरु गरेका छन् । माघी खिचडी खिचडाका नामले साँस्कृतिक झाँकी तथा लोक नृत्यहरु प्रदर्शन गरी हर्ष उल्लासका साथ यो पर्व मनाउन थालेका हुन् ।
थारु बस्तीमा सुरुभयो माघ पर्वको उल्लास
घोराही उपमहानगरपालिका–१६ स्यानी अम्वारपुर निवासी अनिता चौधरीलाई माघी पर्वको उमङ्गले छोएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघ नजिकिएसँगै गाउँघरमा नाचगान हुँदा अनितालाई बेग्लै अनुभूति हुने गर्दछ ।
बेनीमा माघे सङ्क्रान्ति मेला सुरु
म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि माघे सङ्क्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरूको सक्रियतामा परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।
देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु
पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु भएको छ ।
थारु समुदायमा माघीको रौनक
तराईका भूमिपुत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।
दाङको कालिकादेवी मन्दिर
दाङको घोराही उपमहानगरपालिका २ कुइरेपानीमा अवस्थित कालिकादेवी मन्दिर। यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै नै फराकिलो र सुन्दर फुल बगैँचाले सजिएको स्थलमा अवस्थित रहेको छ। मन्दिरको गर्भ गृहमा कालिकादेवीको निकै नै आकर्षक मूर्ति छ।
थारु समुदायमा माघीको रौनक
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा माघीको रौनक छाएको छ । यतिबेला थारु गाउँबस्ती माघीमय बनेको छ ।
कुइरेपानीमा अवस्थित कालिकादेवीको मन्दिर
दाङको घोराही उपमहानगरपालिका-२ कुइरेपानीमा अवस्थित छ, कालिकादेवी मन्दिर । यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै फराकिलो र सुन्दर फुल बगैँचाले सजिएको स्थलमा रहेको छ ।
टोखाको चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय
पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।
नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।
बराह क्षेत्रमा पितृ उद्धारका लागि जम्मा भएका भक्तजन
सुनसरी जिल्लाको मात्र नभई नेपालकै प्रख्यात तीर्थस्थल हो–वराह क्षेत्र ।