जयकृष्ण यादव
इनरुवा, माघ २१ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस् मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम समापनको अवसर पारी हिसान सुनसरीले जिल्लास्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
थारु जातिको मौलिक संस्कार झल्किने नृत्य प्रस्तुत गर्नेगरी सम्पन्न भएको लोकनृत्य प्रतियोगितामा धरानको आदर्श उच्च मावि प्रथम भएको छ । सम्पन्न प्रतियोगितामा इटहरीस्थित कस्तुरी स्कुलमा सम्पन्न थारु लोकनृत्य प्रतियोगितामा धरान आदर्शले सहभागी १९ वटा विद्यालयलाई पछि पार्दै च्याम्पियन बनेको हो ।
यस्तै, इटहरी नमुना स्कुल दोस्रो भएको छ । कस्तुरी कलेज तेस्रो हुँदा कोसी सेन्ट जेम्स इटहरी सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगिताका विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, गङ्गाप्रसाद चौलागाई, सल्लाहकार लेखनाथ घिमिरेलगायतले प्रमाणपत्रसहित पुरस्कारले पुरस्कृत गर्नुभयो ।