जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन ।
राष्ट्रपतिद्वारा बागलुङ कालिका मन्दिरको दर्शन (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गर्नुभएको छ ।
स्यार्से कालिका मेला सम्पन्न
मकवानपुरको नामटारमा स्यार्से कालिका मन्दिरमा लागेको दुई दिने मेला सम्पन्न भएको छ ।
जनकपुरधामबाट भार पठाउने तयारी
भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
दोलखाको कालिनाग मन्दिरमा भव्य मेला
धान्यपूर्णिको अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिका–८ मा रहेको कालिनाग मन्दिरमा दीप प्रज्ज्वलन सहितको मेलामा श्रद्धालु भक्तजनको भीड लागेको छ।
तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस
नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।
उद्यौलीमा रमाउँदै पूर्वका किरात समुदाय
किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यस वर्ष पनि भव्य रूपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घसंस्थाले अघिल्ला वर्षझैँ यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् ।
थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै
थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाद्वारा उँधौलीको शुभकामना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले किरात समुदायको महान् पर्व उँधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।
यःमरी माग्न जाने चलन लोप हुँदै
वा पासा वा वा सकलें वा छेँखापतिं यःमरी फ्वं वनेवा... त्यःछिं त्यः बक छिं त्यः लातापाता कुलिंचा जुस्सें त्यः ...’ नेवार समुदायमा यःमरी पुन्हीका दिन यस्तै गीत गाउँदै यःमरी माग्न जाने प्रचलन रहेको छ ।
उधौली पर्व मनाइँदै
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
उधौली पर्वले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताउनुुभएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ–“किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना ।”
अनेकतामा एकता हाम्रो मौलिक पहिचान: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताउनुभएको छ । किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ ९धान्यपूर्णिमा० एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो ।
परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्वः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
पर्वहरुले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएका छन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएकाे उल्लेख गर्नुभएको छ ।
जुङ्गे महादेवको मन्दिर पुनर्निर्माणमा ढिलाइ
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एकमात्र जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ ।
अनुसन्धानको केन्द्र बन्दै थारु सङ्ग्रहालय
दाङको दङ्गीशरण गाउँपालिका-३ चखौरामा रहेको थारु जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ ।
ओझेलमा जगत्रदेवी मन्दिर
गल्याङ नगरपालिका–२, देवीस्थानमा रहेको ऐतिहासिक जगत्रदेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
स्यार्से कालिका मन्दिरमा आजबाट मेला
मकवानपुरको नामटारमा आज सोमबारदेखि दुई दिने स्यार्से कालिका मेला लाग्ने भएको छ । आज साँझबाट कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका मन्दिर परिसरमा सुरु हुने मेला भोलि धान्यपूर्णिमाका दिन कालिका मन्दिरमा पूजाआजासहित पाठीको बली दिएर समापन गरिने बताइएको छ ।
भोलिदेखि चासोक तङ्नाम
लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम भोलिदेखि सुरु हुँदैछ । सोमबार धरान १५ स्थित किराँत याक्थुम चुम्लुङहिममा पत्रकार सम्मेलन गरी किराँत याक्थुम चुम्लुङ धरान नगरले सो कुरा जानकारी गराएको हो ।
देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी
पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।
‘क्रिसमस डे’ले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न सघाउँछ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको इसाई समुदायको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
क्रिसमस डे : ‘सान्टा क्लस’ र ‘क्रिसमस ट्री’ को रौनक
आज २५ डिसेम्बर जिसस क्राइस्ट जन्मिएको दिन । यही दिन क्रिसमस मनाउने चलन सन् ३५० देखि सुरु भएको हो । यो पर्व रोमका तत्कालीन बादसाह कन्स्टेन्टाइनले सुरु गरेका हुन् । जो पहिले सूर्यभक्त थिए । यसरी क्रिस्चियन धर्म अनुसार बादसाह कन्स्टेन्टाइनले हरेक डिसेम्बर २५ लाई सूर्य देवताको जन्म दिवसका रूपमा मनाउथे ।