‘बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । उहाँले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
कृष्णको स्वरूप चितवनको धर्मधाम (फोटो फिचर)
चितवनको भरतपुर–११ जिरौनामा अवस्थित निकै नै आकर्षक र कलात्मक शैलीको धर्मधाम । यो धर्मधाम महन्थ धर्मदास महाराजको नाम राखेर करिब ६ वर्ष अगाडी स्थानीयवासीहरु, विभिन्न सङ्घ संस्थाहरूको जनश्रमदानबाट निर्माण गरिएको भनेर यही धर्मधामका पुजारी बताउनुहुन्छ।
घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सुरु
कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।
हनुमानढोकालाई सुन्दर बनाउने अभियान सुरु
श्री सार्दुल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजनाअनुरुप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो ।
पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी
बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका बिभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो ।
गुम्बा निर्माणमा बजेट अभाव
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।
तस्बिरमा २९ औं महानगर दिवस
शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो ।
‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’
सयौंँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुँडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए ।
रिडीमा भजन महोत्सव हुने
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा भजन महोत्सव हुने भएको छ ।
लोसारको अवसरमा दुई दिन सार्वजनिक बिदा
सदरमुकाम समेत रहेको सिमिकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका आज ( बुधवार ) सार्वजनिक बिदा दिएका छन् । यी दुवै गाउँपालिकामा बसोबास गर्ने लामा समुदायले मनाउने पर्व लोसार परेको कारण गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।
सीता–राम विवाह पञ्चमी महोत्सव जनकपुरधाममा सुरु
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ ।
स्थानीय लोककला, संस्कृति र परम्पराको संरक्षणमा जोड
मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो ।
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु
जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रूपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरूप मनाइँदै आएको छ ।
उर्लाबारीमा चासोक तङ्नामको तयारी
लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको तयारी सुरु गरिएको छ ।
वार्षिक १२ अर्बको हस्तकला निर्यात
नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’
गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोसाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् ।
ताजपुरिया संस्कृति जोगाउन आग्रह
ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षणका लागि सरकारसँग आग्रह गरेका छन् । संविधानको भावना र मर्मअनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै उहाँहरूले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शिवालयमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित शिवालय मन्दिरमा सोमबार विहानैदेखि शतवीज छर्न भक्तजनको भीड लागेको छ ।
पशुपतिमा शतबीज छर्नेको भीड
बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शतबीज छर्न आइपुग्नुभएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो ।
मौलिक सम्पदा र संस्कृति संरक्षणमा सक्रिय बन्दै युवा पुस्ता
सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित प्रादेशिक संरचनामा नेपाल गइसकेपछि मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवा पुस्ता खुलेर आएका छन्।
तरबार नाचको संरक्षणमा युवा सक्रिय
परम्परादेखि बिहेमा जन्तीले नाच्ने ढाल तरबार नाच संरक्षणमा युवाहरू सक्रिय भएका छन् । मागीभन्दा प्रेम बसेर बिहे हुन थालेपछि नाच लोप हुन लागेको युवाहरूको भनाइ छ ।
८२ गाउँका थारु समुदायको लवाङ्गी पूजा
कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा थारु समुदायले हरेक बर्ष लवाङ्गी पूजा सामूहिक रूपमा गर्दै आई रहेका छन् ।
पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा
शुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।