आज भाइटीका, शुभ साइत बिहान १०ः५१ बजे
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।
भोलि भाइटीका लगाइँदै, टीकाको उत्तम साइत १०ः५१ बजे
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् ।
नेपाल संवतको अवसरमा मोटरसाइकल र्याली
नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्याली निकालिएको छ ।
नेपाल संवतको अवसरमा बेनीमा प्रभातफेरी
नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो ।
हजुरबुबा र नाति पुस्ता मिलेर तिहार पर्व मनाउँदै
बाँकेको खजुरा गाउँपालिका-४ ईगाउँ २४ नम्बरका ईश्वर बुढाक्षेत्री उमेरले ८० वर्ष पूरा हुनुभयो ।
तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात
भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।
नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवामा पनि निकालियो र्याली
शङ्खधर साख्वाले गरिबहरुको ऋण मोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल सम्वत् र म्हःपूजाको अवसरमा तौलिहवा पहिलो पटक र्याली निकालिएको छ ।
गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया
मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ ।
नेपाल संवतलाई राष्ट्रिय संवतकाे रुपमा प्रयोग गरौँः प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।