दसैँ तिहारमा साढे ६१ हजार भक्तजनले गरे पाथीभराको दर्शन
दसैँ, तिहार र छठको अवधिमा साढे एकसट्ठी हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्। दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दसैँ र तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम (सिजन) मानिन्छ।
मारुनी नाचको संरक्षणमा स्थानीय
परम्परागत नाचको संरक्षण गर्न गाउँमा मारुनी नाच नाचिएको छ । परम्परादेखि जिल्लाको विभिन्न स्थानमा नाचिनेको संरक्षणका लागि मारुनी नाच नाचिएको यहाँका बासिन्दाले बताएका छन् ।
गुरुकुलका लागि सप्ताह महायज्ञ
सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद विद्याश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट् महायज्ञ सप्ताह सुरु भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले बुधबारदेखि मङ्सिर ११ गतेसम्म महायज्ञ सप्ताह सुरु गर्न लागेको हो । बुढानीलकण्ठ मन्दिरमा दशनामी मठका संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरी महाराजको सङ्कल्प तथा १०८ स्वामी पुरुषोत्तम महाराजको प्रवचनमा सम्पन्न हुने महायज्ञको पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी हुनुभयो ।
गुरुकुल सञ्चालनका लागि सप्ताह महायज्ञ सुरु
सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद वेदाश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट महायज्ञ सप्ताह सुरु भएको छ ।
कौरा नाचको संरक्षणमा जुटे युवा
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको सबैभन्दा महत्त्वपूर्ण कौरा नाच लोप हुँदै गएको छ । यसको जगेर्ना गर्न भन्दै अहिले मगर समुदायका युवाहरू कम्मर कसेर लागेका छन् ।
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला हुने भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ चित्रेमा अग्रजको सम्मान, कला संस्कृति जोगाउँदै 'पर्यटन प्रवर्द्धन गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथ यही मङ्सिर ६ गतेबाट मेलाको आयोजना गरिएको बाह्रमुले युवा क्लबका अध्यक्ष रिजन विश्वकर्माले जानकारी दिनुभयो।
हरिबोधिनी एकादशीमा बिदा
गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
शान्ति, अहिंसा र सदाचारका लागि सामूहिक मौन ब्रत
अशान्ति र हिंसाबिरुद्ध सन्देश दिन तथा शान्ति सदाचार र प्राणीजगतको रक्षार्थ प्रार्थना गर्दै नेपाल–भारतका विभिन्न स्थानबाट आएका बौद्व धर्मावलम्बीले पाँचथरको फालेलुङ गाउँपालिका –१ मा अवस्थित आगेजुङ गुम्बामा मौन ब्रत सुरु गरेका छन् ।
दाजुभाइको पुरुषार्थ गाउँदै सुरु भयो सामाचकेवा
छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । विशेष गरी नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा पनि मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्छन् ।
पाटनमा सुरु भयो कात्तिक नाच (फोटो फिचर)
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरिएको कात्तिक नाच गत शनिबार रातिबाट सुरु भएको छ ।
उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्वको समापन (फोटो फिचर)
उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।
मोहना नदी घाटमा मनाइदैं छठ पर्व (फोटो फिचर)
कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
व्रतालुद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
श्रद्धा, भक्ति र शुद्धताको प्रतीकको रुममा मानिने तराई मधेसको महत्त्वपूर्ण पर्व आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगरलगायतका स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाइएको हो ।
काठमाडौँ कमलपोखरीमा छठ पूजा (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।
ललितपुरमा छठ पूजा (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
काठमाडौँमा राष्ट्रपतिको उपस्थितिमा छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ।
छठपर्व मनाउने पहाडिया समुदाय बढ्दै
तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् ।
मोहना नदी घाटमा छठ पर्वको तयारी
तराइवासीले मनाउने महान् पर्व छठ पर्व मनाउन मोहना नदी किनारमा तयारी गरिएको छ । तयारी समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढीको मोहना नदीघाटमा टेण्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रामस्थलको निर्माण गरिएको छ ।
छठघाटतर्फ प्रस्थान गर्दै व्रतालु
छठपूजाका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्नेक्रम सुरु भएको छ । नजिकको पोखरी, खोला, नदी, नहरलगायतका जलाशयमा निर्माण गरिएका छठघाटमा पूजा सामग्री बोकेर व्रतालु पुगिरहेका हुन् ।
खुटी खोलामा छठ मनाउन दुई हजार घाट
लहान नगरपालिकाका ४,५,६,७,८,९ र १० नम्बर वडाका स्थानीयहरुले छठ पर्व मनाउन खुटी खोलामा दुई हजारभन्दा बढी घाट निर्माण गरेका छन् ।
छठपर्वमा निहित समावेशी र सादगीपन
छठपर्व तराईको समतल फाँटदेखि हिमालको फेदसम्म पुगिसकेको छ । पञ्चायती व्यवस्थामा पर्व मनाउनेहरुलाई तत्कालीन शासकहरुले व्यवस्था विरोधीको जमघटका रुपमा लिने गर्दथे ।
छठका लागि सिँगारियो बागेश्वरी मन्दिरको तलाउ
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वलाई विशेष रुपमा सम्पन्न गर्न नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ठुलो तलाउलाई झिलिमिलि पारेर सिङ्गारिएको छ ।
सामा-चकेवा खेलिँदै
नेपालको पूर्वी तराई भेगमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व हो 'सामा–चकेवा' ।