• १२ साउन २०८१, शनिबार

तरबार नाचको संरक्षणमा युवा सक्रिय

blog

बिहेमा आएका युवा ढाल तरबार नाच नाच्दै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला मङ्सिर २४ गते । परम्परादेखि बिहेमा जन्तीले नाच्ने ढाल तरबार नाच संरक्षणमा युवाहरू सक्रिय भएका छन् । मागीभन्दा प्रेम बसेर बिहे हुन थालेपछि नाच लोप हुन लागेको युवाहरूको भनाइ छ । 

सिमकोट गाउँपालिका–५ को सन्देश रोकायाको विवाहमा आएका एकसय ५० जना जन्तीले हातमा ढाल तरबार समातेर नाच्नुभयो । स्थानीय तीर्थराज रोकायाले पहिले प्रत्येकको बिहेमा यो नाच नाच्ने गरिदैआएको भए पनि पछिल्लो समय लोप भइरहेका बेला यसपटक पुनः जन्तीले ढाल तरबार नाच नाचेको बताउनुभयो । 

उहाँले यस पटकको विवाहमा युवाहरू मिलेर सो नाच नाचेको बताउनुभयो । बुढापाकाभन्दा पनि युवाले यो नाचको संरक्षणमा लाग्नु सकारात्मक काम भएको उहाँको भनाइ छ । ढाल र तरबार मात्र नभएर परम्परागत पहिरन लगाएर प्रत्येक जन्तीले नाच्नु सह्रानीय काम भएको उहाँले बताउनुभयो ।