• ८ जेठ २०८१, मङ्गलबार

जीर्णोद्धारपछि मकवानपुरगढी ....(फोटो फिचर)

blog

अनिल पराजुली

हेटौँडा, मङ्सिर २१ गते । मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुरगढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो । 

ऐतिहासिक महत्वको मकवानपुरगढी दरबार सामान्य मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्व विभागले केही समय अघि जीर्णोद्धार सुरु गरेको थियो । विभागले मकवानपुर गढी दरबार परिसरमा रहेको श्रीकृष्ण मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेष मर्मत गरेको थियो । पुरानै शैलीमा मर्मत तथा संरक्षणको लागि गत आर्थिक वर्षमा पुरातत्त्व विभागले ठेक्कामार्फत एक करोड १८ लाख ४३ हजार रुपियाँ खर्च गरेर काम गरेको थियो । गढी दरबारको पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम गरिएको छ ।