कौरा नाचको संरक्षणमा जुटे युवा
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको कौरा नाच लोप हुँदै जान थालेपछि पछिल्ला दिनमा यसको जगेर्ना गर्न पूर्वी नवलपरासीका मगर युवाहरू लागिपरेका छन् ।
चार लाख पर्यटक भित्र्याउने तयारी
झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।
संकटमा दमाहा बाजा
मङ्सिर महिना सुरु हुने बित्तिकै बाजुराको जताततै गाउँगाउँमा गुञ्जिने दमाहा बाजा लोप हुँदै आएको छ । पहिला एक गाउँबाट अर्को गाउँमा जाने जन्तीलाई सज्जाएर बाटो सेताम्य हुने गरी जामा लगाएर बजाउँने दमाहा बाजालाई पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको हो ।
संस्कृति संरक्षणमा जुट्दै थारु समुदाय
पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीत लगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् ।
सबै धर्मको सम्मान आवश्यक छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधैँ धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने उहाँको भनाइ छ ।
मल्लकालीन दरबारको पुनः निर्माण सुरु
भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालीन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनः निर्माण सुरु गरेको हो ।
थारुहरूको परम्परा तथा लोकसंस्कृति संरक्षणार्थ रौतहटमा कात्तिकेश कुँवर मेला
आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जिल्ला कै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
परम्परा जोगाउन भेडा जुधाई
बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
गौरवशाली नेपाली मन्दिर
भारतमा विहारको हाजीपुर, कोनहाराघाट नजिकै रहेको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्वको ‘नेपाली मन्दिर’ यतिखेर ज्यादै जीर्ण अवस्थामा छ । इतिहास, कला र संस्कृतिमा रुचि राख्ने जो कोहीका लागि उदाहरणीय बनेको यो मन्दिर प्रत्येक नेपालीका लागि विशेष गौरवको विषय हुनु अस्वाभाविक होइन ।
परम्परागत कला झल्काउने मेला सुरु
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला सुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि सांस्कृतिक मेला सुरु भएको हो । कात्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको बिहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्म रोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”
मनाइयो सकिमना पुन्ही : इष्टदेवलाई सक्खरखण्ड, पिँडालु
कात्तिक पूर्णिमामा सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मनाइएको छ । यस पर्वमा सकी अर्थात् पिँडालु तथा सक्खरखण्ड उसिनेर खाने प्रचलन छ । ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार पिँडालु, सक्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेले जानकारी दिनुभयो । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास छ ।
७९ जना बालिकाको बेलविवाह (फोटो फिचर)
काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ । नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ ।
कला र संस्कृति जगेर्ना गर्न ‘डिग्रे’ मेला
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुरमा कला र संस्कृतिको जगेर्ना गर्न आइतबारदेखि ३ दिने ‘डिग्रे’ मेला सुरु भएको छ । सिद्धसाइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालनमा आएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नुभयो ।
रामघाटमा मेला भर्नेकाे घुइँचो
कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।
गुरु नानक जयन्तीमा साधुसन्तका लागि भण्डारा
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ र यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
सुरु भयो गौराति मेला
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा भक्तजन आउने भएकाले यसलाई जिल्लाकै लामो मेलाका रूपमा मानिएको हो ।
सामा पर्व समापन गरिँदै
महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ ।
कमला नदीमा भूतमेला
प्रत्येक वर्ष पूर्णिमाको दिन धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदिमा लाग्ने मेलामा दर्शनार्थीरुको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा अनौठो खालको भूत ‘देवता’ मेला लाग्ने गरेका कारण मेलामा आउनेहरूको घुइँचो लागेको हो ।
उपराष्ट्रपति यादवद्वारा गुरु नानक जयन्ती शुभकामना
कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले मनाउने गुरु नानक जयन्तीका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
वडाङमेटको अवसरमा दुई दिन सार्वजनिक बिदा
धनकुटा नगरपालिकाले सोमबार र मङ्गलवार सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङमेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।
लैङ्गिक हिंसाविरुद्ध अभियानअन्तर्गत महिलाको व्रत
लैङ्गिक हिंसाविरुद्ध अभियान मुलुकभर चलिरहेको छ । यस अभियानमा महिला, पुरुष, युवती, विभिन्न सङ्घ संस्थाका अगुवाहरू बढी सक्रिय भएर लागेको देखिन्छ । तर, सन्तान प्राप्त गरेका महिलाको व्यस्तता अर्कोतिर रहेको देखियो ।
नयाँ वर्षमा पोखरामा सडक महोत्सव
पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्ने भएको छ । पोखराको पर्यटन प्रवर्धनमा पृथक् पहिचान बनाउन सफल यो महोत्सवको पच्चिसौँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुनेभएको हो ।
राज्यमन्त्री ठकुरीद्वारा दरबार सङ्ग्रहालयको अवलोकन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
नरसिंह अवतार–प्रह्लाद उद्धार
प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।