सामूहिक भाइटीका गर्दै पोखरा महानगर
तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।
आज गाई पूजा मनाइँदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।
संस्कृति जोगाउन हुक्कापातिको व्यापार
सडकको छेउमा शान्तिदेवी तीन–चार दिनदेखि हुक्काहुक्की (हुक्कापाति) बनाउन व्यस्त हुनुहुन्छ । दिनभर खाना नास्ता खाएर हुक्काहुक्की बनाएर बेच्न व्यस्त शान्ति आम्दानीसँगै संस्कृतिलाई जगेर्ना गरिरहनुभएको छ ।
पोखराको दुई ठाउँमा भाइटीका उत्सव
पोखरा महानगरको आयोजनामा सामूहिक भाइटीका कार्यक्रम हुन लागेको छ । पोखरा –११, रामघाटमा रहेको गीता मन्दिरमा कात्तिक २९ गते बुधबार भाइटीकाकै दिन कार्यक्रम हुनेछ ।
यमपञ्चकको सांस्कृतिक महत्त्व
तिहार फूलको पर्व हो । यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन् ।
गोरखापत्र संस्थानमा लक्ष्मीको पूजा आराधना
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
लक्ष्मीपूजामा १४ सय मेगावाट विद्युत् माग हुनसक्ने, ४०० मेगावाट भारत निर्यात
लक्ष्मीपूजाको दिन आइतबार साँझ विद्युतको उच्च माग (पिक डिमाण्ड) एक हजार ४०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
भिक्षा मागेरै भए पनि छठपर्व मनाइँदै
वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा पर्नुभयो ।
प्रहरीको कुकुर पूजा (फोटो फिचर)
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आइतबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल
आइतबार नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनुभएको हो ।
धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरक चतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
दौडामा सजिएर भाइटीका लगाउने तयारी
यस पटक हुम्लाका युवतीहरूले परम्परागत पोसाकमा दौडामा सजिएर आफ्ना दाजुभाइलाई भाइटीका लागाउने तयारी गरेका छन् । दौडाको संरक्षण र प्रचारप्रसारका लागि यहाँका दिदीबहिनीहरूले यस्तो उपाय अपनाएका हुन् । खार्पुनाथ गाउँपालिका–४, छिप्रा गाउँकी जानकी हमालले यस पटकको दौडा लगाएर नै आफ्नो भाइलाई टीका लगाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टीका लगाउने बेला लगाएको पहिरनको प्रचारप्रसार चाँडो हुने र नयाँ पुस्ताले पनि यससम्बन्धी
विशाल बजारको महालक्ष्मी मन्दिर
जुद्ध सडकबाट दाहिनेतर्फ रहेको शिखर शैलीमा बनेको यो मन्दिरमा हरेक दिन भक्तजनको भीड लाग्ने गरेको छ ।
रत्नपार्कमा काग सम्मेलन
काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो ।
महागुरु फाल्गुनन्द जयन्ती
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
नेपालीको दोस्रो ठुलो चाड तिहार (यम पञ्चक) आजदेखि
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
आज धन्वन्तरी जयन्ती
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यमपञ्चक सुरु , आज काग तिहार
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।
देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने
तिहारको समयमा मकवानपुरमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
कुमाल जातिको सीपको कदर हुने बेला
दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यति बेला भ्याइनभ्याइ छ ।
धन्वन्तरि मन्दिर र आयुर्वेद दिवस आज
काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि अर्थात् गौशालाबाट चाबहिलतिर जाँदा सडकको बायाँतर्फ जय बागेश्वरीको प्रसिद्ध मन्दिर छ। त्यही मन्दिरको उत्तरतर्फ रहेको लुँहिटी नामको ढुङ्गेधाराको दायाँपट्टि सडकको किनारैमा प्रस्तर निर्मित लघु आकारको शिखर शैलीको धन्वन्तरिको मन्दिर छ।
सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष, यस वर्ष विशेष कार्यक्रम
सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष पुगेको अवसरमा काठमाडौँमा यस वर्ष विशेष कार्यक्रमसहित सामूहिक भाइटीकाको आयोजना गरिने भएको छ । समाजसेवी अञ्जली दिदी (अञ्जली मास्के) ले विसं २०५५ देखि काष्ठमण्डपमा विविध कारणले दिदीबहिनीको हातबाट भाइटीका लगाउन जान नपाएका दाजुभाइलाई सामूहिक भाइटीका लगाउँदै आउनुभएको छ । यस व
अर्घाखाँचीको भैरव नाच काठमाडौँमा
अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो ।
गुञ्जिन थाले तिहारका गीत
उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।