युवालाई धर्मग्रन्थ कुरान कण्ठस्थ
दुई चार पेज कण्ठ पारेको सुनिएकै हो, तर यहाँ एक १८ वर्षीय युवकले मुस्लिमको धर्मग्रन्ध कुरान नै कण्ठ पार्नुभएको छ । भीरकोट नगरपालिका –२ ठूलो गाउँका साजितद्दिन मियाँले ७९१ पृष्ठको कुरान कण्ठ पार्नुभएको हो ।
लोप हुँदै मौलिक सखिया नाच
दसैँका अवसरमा थारू समुदायमा नाचिने सखिया नाच लोप हुँदै गएको छ । दसैँको एक साता अघिदेखि करिब एक महिनासम्म नाचिने सखिया नाचप्रति नयाँ पुस्ता अग्रसर नहुँदा थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पछिल्लो समय हराउँदै जान थालेको हो ।
दसैँ अवधिमै पच्चीस हजार भक्तजनले गरे पाथीभराको दर्शन
दसैँको अवधिमा साढे पच्चीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको आज विशेष पूजा
कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो ।
उपत्यका फर्कनेको बढ्न थाल्यो चहलपहल (फोटो फिचर)
नेपालीको महान चाड दसैं मनाउन उपत्यका बाहिर गएकाहरु धमाधम कर्मथलो काठमाडौं फर्कन थालेका छन् । दसैं मनाउन आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
सरायँ नाचमा भक्तजनको घुइँचो
नेपाली लोक संस्कृतिको पहिचान झल्काउने महत्त्वपूर्ण सरायँ नाच आज पाल्पाको तानसेन नगरपालिका –११ मा रहेको लिपिन्देवी मन्दिरमा प्रदर्शन गरिएको छ ।
सराँय नाचमा युवापुस्ताको आकर्षण
पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दैगएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराँय नाचको आयोजना गर्दैआएको हो ।
नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै
कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो ।
सराय नाच संरक्षणमा चुनौती
एक दशक अगाडिसम्म बागलुङका धेरै जसो गाउँहरूमा सराय नाच नाच्ने प्रचलन भए पनि पछिल्लो समय एक-दुई गाउँमा मात्र देख्न पाइन्छ । मौलिक संस्कृति बोकेको सराय नाच हराउँदै जान थालेपछि बुढापाकाले चिन्ता गर्न थालेका छन् ।
विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ
बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
बन्दीपुरमा चुड्कामा रमाए विदेशी पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।
उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट सुरु (फोटो फिचर)
काठमाडौँ उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट सुरु भएको छ । शनिबारबाट भीमसेन स्थान परिसरमा महिलाहरूद्वारा लिङ्गो ठड्याएर पर्व सुरु भएको हो ।
गुफै गुफाले घेरिएको बज्रयोगिनी मन्दिर (फोटो फिचर)
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ८ मा रहेको प्राचीन मन्दिर बज्रयोगिनी मन्दिर गुफै गुफाले भरिएको छ । यस क्षेत्रमा नौ वटा गुफा रहेका छन् ढुङ्गेयुगका यी गुफाहरूमा विभिन्न भगवानका मूर्तिहरू समेत रहेका छन्।
आदिनाथमा एक महिने मेला सुरु
काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।
नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठुलो सङ्ख्यामा भीड लागेको हो ।
खड्गजात्रा सञ्चालनमा कठिनाइ
दिनप्रतिदिन आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्गजात्रा थेग्न गाह्रो हुँदै आएको छ । देशमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब छ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।
अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ ।
लोप हुँदै धर्मशाला
पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् ।
तालबाराही मन्दिर पुनः निर्माण सुरु
फेवातालको बिचमा रहेको प्रसिद्ध ताल वाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।
अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे
अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।
मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय
थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।
देउडा संरक्षणका लागि संस्कृति मञ्च सक्रिय
देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।
टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर
धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ ।
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर
आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ ।