वरघरियाको हातबाट टीका थाप्दै थारु सदस्य
विजयादशमीको अवसरमा शुक्लाफाँटा नगरपालिका –३ पिपलाडीका थारु महिला मङ्गलबार वरघरियाको हातबाट टीका थाप्दै । थारु समुदायमा पहुरा (कोशेली) सहित गाउँको मुख्य व्यक्ति वरघरीयाको हातबाट टीका थाप्ने चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण
भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।
आज रावणको पुत्ला दहन गरिँदै
नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलीला महोत्सव अन्तर्गत मंगलवार १० औ दिन अपरान्ह रावणको बध गरिंदैछ ।
नीलकण्ठको दर्शन, टीका र जमरा ग्रहण
विजया दशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।
जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते
ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुुन्छ ।
टीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।
टीकाको साइत ११ बजेर २ मिनेटमा
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
सातदोबाटोमा प्रारम्भ भएको देवी भागवत नवाह सम्पन्न
बडादसैँ २०८० को अवसरमा दोलखाको सदरमुकाम चरिकोटको सातदोबाटोमा प्रारम्भ भएको देवीभागवत नवाह सम्पन्न भएको छ ।
राष्ट्रपति पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । विजया दशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गर्नुभएको छ ।
असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ ।
शान्ति र आपसी सद्भावका लागि विजयादशमीले सबैलाई प्रेरणा देओस्: पूर्वअध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीबाट विजयादशमीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताउनुभएको छ ।
सभापति देउवाद्वारा बडादसैँको शुभकामना
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस्: प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुखबाट बडादसैँको शुभकामना
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाऔँः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजया दशमीले प्रेरित गर्न सकोस् उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रपतिबाट बडादसैँको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
शीर्ष नेताको दसैँ : प्रधानमन्त्री प्रचण्ड परिवारले टीका नलगाउने
घटस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ । दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रहीआएको छ ।
पितृपूजा गरेका थारु महिला पित्तर सेलाउन नदीमा जाँदै
दाङको राप्ती गाउँपालिका २ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला पित्रीपूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजागर्ने परम्परा रहेको छ ।
कंकालिनी मन्दिरमा ६ सय बढी राँगाको बली
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा यो वर्ष छ सय तीन वटा राँगाको बली दिइएको मन्दिर समितिले जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
गोरखापत्र अनलाइनकाडमाडौं, कात्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन आज नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गर्नुभएको हो । विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८, ९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिने गरिन्छ । यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितल निवासमै नवकन्याहरुको पूजा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।