महिनाभर मनाउने पर्व : गुँलाधर्म
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।
किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै
किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।
पाण्डवेश्वर मन्दिरमा पुरुषोत्तम माहात्म्य महामहोत्सव हुने
दाङको धारपानीमा पुरुषोत्तम महात्म्य एव्म श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ ।
केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।
रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने
गुल्मीको ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने भएको छ ।
ताप्लेजुङमा लाखेनाच सुरु
नेवार समुदायको जातीय संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले शनिबार भिन्तुना डाँडामा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरेर विधिवत रुपमा लाखे नाच सुरु गरिएको छ ।
राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने
कैलाली–कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।
दाङ देउखुरीको प्रख्यात नागेश्वरी मन्दिर
दाङको गोबरडिहा १ धानखोला, देउखुरीमा रहेको नागेश्वरी मन्दिर भक्तजनका लागि निकै नै प्रख्यात मानिन्छ ।
घण्टाकर्ण धपाइँदै
नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ गठामुंगः (घण्टाकर्ण) पर्व शनिबार मनाउँदै छन्। चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ। यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ।
भानुजयन्ती विशेषः भानुभक्तको घर खण्डहर
दमौली, असार २९ गते । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।”पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।”भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।”पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु. एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु. एक लाख २७ हजारको क्षति भएको थियो ।भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।भानुभक्त जन्मस्थल विकास समितिले गतवर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु. तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षक रूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ । भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद भएको बताउनुभयो ।भानु जन्मस्थललाई सप्तधाममा विकास गरिनेभानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन ।आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छाँै ।”भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु. तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्ची बाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ । दुई सय दशौँ भानुजयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ । रासस
जन्मस्थलमै भानुभक्तको उपेक्षा
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य जन्मस्थलमै उपेक्षामा पर्नुभएको छ । भानु नगरपालिका –४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ भने निर्माण गरिएको रामायण भवन पनि प्रयोग बिहीन अवस्थामा जीर्ण बन्दै गइरहेको छ।
पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा
इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ ।
मौलाकालिकामा केबलकार सञ्चालनसँगै बढे पर्यटक
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएसँगै यहाँका मानिसको जीवनस्तरमा परिवर्तन आएको छ ।
साउने सोमबारको व्रत आजदेखि सुरु
चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो ।
मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ नेपाल मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ ।
दोलखाको प्रख्यात धर्म धातु बौद्ध स्तुपा (फोटो फिचर)
दोलखाको प्रख्यात भीमेश्वर स्थानबाट ओर्लेर पश्चिमतिर लागेपछि लिस्तिटोलमा अवस्थित प्राचीन एवं आकर्षक धर्म धातु बौद्ध स्तुपा छ। यसलाई सेंग चैत्य वा सिंगोस्थान पनि भनिने गरिएको छ ।
राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित
दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।
तन्त्र सिद्धिका लागि तान्त्रिक साधना
तन्त्र साधना र तान्त्रिक साधनाका बारेमा जनमानस एउटा भ्रमको भुँमरीमा अल्मलिएको छ। प्रायः मानिसले तान्त्रिक साधनाको अभ्यास अरूलाई खती पु¥याउन गरिन्छ भन्ने धारणा राख्छन्। साथै तान्त्रिकलाई प्रायः गरेर डरलाग्दो व्यक्तिका रूपमा चित्रण गरिन्छ। यथार्थमा तान्त्रिक साधना भक्तिको अन्तिम खुड्किलो हो। यसै कारण यस क्षेत्रमा पाइला राख्नुभन्दापहिले नै तन्त्र साधना, तन्त्र सिद्धि र विभिन्न देवीदेवतालाई सिद्ध गर्ने तान्त्रिक प्रक्रियाहरू राम्ररी अध्ययन गरिनु पर्छ। जसरी पूजा आराधना अगाडिका कदम मानसिक उपासना हो ठीक त्यसै गरी मन्त्र सिद्धि र यन्त्र जागरण अगाडिको कदम हो, तन्त्र सिद्धि अर्थात् तान्त्रिक साधना।
स्वयम्भू महाचैत्य गजुर मर्मतको काम ६० प्रतिशत सकियो (फोटो फिचर )
स्वयम्भू महाचैत्यको गजुर मर्मत भइरहेको छ । २०७२ सालको भूकम्पले जीर्ण बनेको स्वयम्भू महाचैत्यको गजुर गत फागुनको हावाहुरीले खसेको थियो ।
थारू लोककला तथा मूर्तिकला प्रशिक्षण
बर्दियाको बाँसगढीमा तीनदिने थारू लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जासु कला केन्द्रको संयुक्त आयोजनामा भएको प्रशिक्षणको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उपत्यका बाहिर पश्चिम नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै प्रतिष्ठान रैथाने कला संस्कृतिको संरक्षण तथा संवर्धनका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले प्रतिष्ठानले बाँसगढी नगरपालिकालाई पहिलो प्राथमिकता दिई थारू लोककला, संस्कृतिको संरक्षणमा उल्लेखनीय कार्य गरेको बताउनुभयो ।
व्यास जन्मभूमिलाई धार्मिक पर्यटकीय केन्द्र बनाइने
चार वेद तथा १८ पुराणका रचयिता महर्षि वेद व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
बिहे मनाउन कार्यपालिकाभरि सार्वजनिक बिदा
बिहे मनाउन मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते सार्वजनिक बिदा दिएको छ । मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
धिमे बजाउने पहिलो महिला ‘धिमे मैचा’
महिलाले बाजा छुनै हुन्न भन्ने सामाजिक अन्धविश्वास चिर्दै धिमे बाजा बजाउन सिकेकी इन्दिरा लाछिमस्यू नेपालकै पहिलो धिमे बाजा बजाउने महिलाका रूपमा चिनिनुहुन्छ । करिब २९ वर्षअघि धिमे बाजा बजाउन सिकेर टोलमा हुने जात्राहरूमा पुरुषसँग तालमा ताल मिलाएर हिँड्दा बुढापाकाले ‘लौ न के देख्नु परेको’ भनेर टिप्पणी गरेको उहाँको स्मरणमा अझै ताजा छ ।