• १२ साउन २०८१, शनिबार

पचली भैरवको बाह्र वर्षे खड्ग सिद्ध जात्रा सुरु (फोटो फिचर)

blog

जात्राको क्रममा पचली भैरब ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ८ गते । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा हिजोदेखि विधिवत रुपमा सुरु भएको छ । सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ यानिकी नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ ।

एक महिनासम्म यस नाचको तयारी पश्चात हिजो विजया दशमीको पहिलो प्रहरमा मुखौटालाई पचली मन्दिर लगिएको थियो भने दशमीको संध्याकालदेखि विधिवत रुपमा यो नाच (जात्रा) सुरु भएको थियो । हिजोबाट सुरुभएको जात्रा काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गरिनेछ ।

१२ वर्ष खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भगं भएको छ । अबको एक वर्षसम्म चल्ने यो खड्ग सिद्ध जात्रा वि.सं. २०८१ सालको भलभल अष्टमीका दिन यो नाच समापन हुन्छ । नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने संस्कृतिका जानकारको भनाइ छ । 











Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।