मादल बनाउने पेसा सङ्कटमा
घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि सोचअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताउनुभयो ।
बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)
नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।
कालिन्चोक अतिक्रमण: एक सय ४२ जनाले पेस गरे लिखित जवाफ
दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिन्चोकको कुरीमा अतिक्रमण गरी बनेका संरचनाको विषयमा १४२ जनाले लिखित जवाफ पेस गरेका छन् ।
भाइटीकाको साइत बिहान १० : ५१ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ ।
पुष्प मेलामा एक करोड १७ लाखको कारोबार
गत मङ्गलरबादेखि सुरु भएको पुष्प मेलामा एक करोड १७ लाख रुपियाँको कारोबार भएको छ ।
पुर्ख्यौली पेसा सङ्कटमा परेसँगै मादल व्यवसायी चिन्तित
नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।
भक्तपुरमा बन्दै तिहारका लागि पाला
नेपालीहरूको दोस्रो ठुलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दीपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ ।
कुम्भकार माटोको भाँडा बनाउन व्यस्त
सुनसरीको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोही माटो मुस्छन् त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूको उद्देश्य हो ।
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
संरक्षणको पर्खाइमा ‘नमूना थारुग्राम’
साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् ।
छठ पर्वका लागि गुह्रेश्वरीमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै
छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुह्रेश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै छ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको हो ।
पाथीभरामा बलिको विकल्प नरिवल
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।
कला संस्कृतिको जगेर्नामा मुगाली
बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्कालीन सरकारले मुगालीलाई त्यहाँबाट स्थानान्तरण गरेर बाँकेको चिसापानीमा राखिएको थियो । महादेव मन्दिर व्यवस्थापन समिति चिसापानीका अध्यक्ष धनभक्त बुढाले आफ्नो मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र वेशभूषा नै आफ्नो पहिचान भएकाले आफ्नो परम्परालाई बाँकेको बसाइमा पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले चिसापानीको बसाइसँगै आफ्नो पछिल्लो पुस्तालाई संस्कार र परम्पराबाट टाढा जान नदिन आफ्नो कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।
आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै मौलाकालिका
पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकालिका धार्मिक पर्यटकका लागि एक उत्कृष्ट गन्तव्य बन्दैगएको छ । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ ।
षडानन्द राष्ट्रिय पुरस्कारबाट प्राध्यापक विद्यानाथ भट्ट सम्मानित हुने
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको बिहीबार बसेको ११५ औँ बैठकले २०८० को षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई दिने निर्णय गरेको छ ।
तीन जिल्लामा लोकवार्ता सङ्गोष्ठी
लोकवार्ता परिषद् नेपालले पर्वत, बागलुङ र म्याग्दीमा १२ औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गर्ने भएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिति तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो ।
मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन गरिँदै
लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवर्धन गर्न लिएको नीतिअनुरूप पहिलो पटक बाँकेमा मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुनेभएको छ ।
पर्यटकीय क्षेत्रको विकास गर्न महोत्सव आयोजना
बिरुवा गाउँपालिका –७ गहतेमा रहेको मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिएको छ ।
एक सातामा २१ हजारभन्दा बढीले गरे कालिन्चोक भगवतीको दर्शन
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको दोलखाको कालिन्चोक भगवतीको बडा दसैँको एक सातामा २१ हजारभन्दा बढीले दर्शन गरेका छन् ।
गुरुङ संस्कृति बुझ्न र सोरठी नृत्य हेर्न घलेगाउँ
प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दसैँअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दसैँलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो ।
रामपुरमा पौराणिक लोकसंस्कृति ‘बालन’ संरक्षण गर्न युवा पिँढीलाई आग्रह
ओखलढुङ्गा रामपुर निवासी अठहत्तर वर्षीय गणेश काफ्ले पुर्खाले जारी राखेको पौराणिक लोकसंस्कृति ‘बालन’ मासिने हो कि भनेर चिन्तित हुनुहुन्छ । समवयी उद्धव दाहाल ‘कटहरे माइला’ पनि लोकसंस्कार संरक्षण र प्रवद्र्धनप्रति युवा पुस्ताको वितृष्णा देखेर उत्तिकै चिन्तित हुनुहुन्छ ।
देउडा संरक्षणका लागि संस्कृति मञ्च
देउडा संरक्षण गर्न हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्च प्रत्येक महिना देउडा गीत गायन आयोजना गर्दै यसको जगेर्नामा लागेको हो । २०८० साल वैशाख १ देखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिँदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च गठन गरी यस्तो कार्य सुरु गरेका हुन् । गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ ।
शिलान्यास भएको सात वर्षपछि पनि सुरु भएन भानुगृह निर्माण
आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।
कहीँ नभएको जात्रा हाँडी गाउँमा (फोटो फिचर)
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज (आइतबार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।