• ४ जेठ २०८१, शुक्रबार

हजुरबुबा र नाति पुस्ता मिलेर तिहार पर्व मनाउँदै

blog

बाँकेको खजुरा ४ ईगाउँको देउसी भाइलो समूह । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, कात्तिक २८ गते । बाँकेको खजुरा गाउँपालिका-४ ईगाउँ २४ नम्बरका ईश्वर बुढाक्षेत्री उमेरले ८० वर्ष पूरा हुनुभयो । सोही ठाउँका अर्पण खत्री १५ वर्षको हुनुभयो । यस वर्षको तिहारमा ८० वर्षीय हजुरबुबा र पनाती नाता पर्ने अर्पणसहितको समुह मिलेर देउसी भैलो खेलिरहेको छ । 

कर्णाली प्रदेशका जिल्लामा प्रख्यात लहरे, सिङ्गारु, कुरकुटे, मयुर नाच नाति पुस्तालाई सिकाएर हस्तान्तरण गर्ने उद्देश्यले ८० वर्षका बुढाक्षेत्री देउसी भैलोमा सक्रिय भएर लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ, पुर्खाको चिनोको रूपमा रहेको संस्कृति नयाँपुस्तालाई सिकाएर मर्न पाए हुन्थ्यो भन्ने छ । 

बाजे, बुवाहरुबाट परम्परागत कला र संस्कृति सिक्न पाएकोमा किशोर किशोरी पनि उत्साहित छन् ।