• ४ जेठ २०८१, शुक्रबार

नेपाल संवतलाई राष्ट्रिय संवतकाे रुपमा प्रयोग गरौँः प्रमुख साह

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह

काठमाडौं, कात्तिक २८ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख साहले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्री पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’’

प्रमुख साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताउनु भयो ।