• ११ मंसिर २०८१, मङ्गलबार

आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ?

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं,कात्तिक २९ गते । आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्दछ । 

चन्द्रमा बृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पानुपर्ने उहाँका बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “चन्द्रमा बृश्चिक राशिमा छन्, टीका लगाउने व्यक्तिको दाहिने पार्नुपर्दछ, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्छ ।” 

सनातन धर्मअनुसार शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने प्रचलन छ ।  आज (बुधबार) चन्द्रमा बृश्चिक राशिमा छन्  । शुभकार्य गर्दा अगाडि वा दाहिने पार्नु राम्रो मानिने उहाँ बताउनुहुन्छ । 

नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै  सप्तरङ्गी टीका लगाइदिने चलन छ  । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान १०ः५१ मिनेटमा छ । दिनभर लगाउन मिल्छ ।