• ४ जेठ २०८१, शुक्रबार

नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवामा पनि निकालियो र्‍याली

blog

तौलिहवामा नेपाल सम्वत् र म्हःपूजाको अवसरमा निकालिएको र्‍याली । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा, कात्तिक २८ गते ।
शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली निकालिएको छ । साख्वाले वि.सं ९३७ इ सं ८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

नेपाल संवत् नेवारी समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । नेवा खलः कपिलवस्तुको अगुवाइमा विभिन्न नारासहित र्‍याली निकालिएको हो । समयमाई थान मन्दिर अघिबाट निकालिएको र्‍यालीले चौक बजार प्रशासन चोक हुँदै प्रभात फेरी गरेको थियो । र्‍यालीमा झण्डै सय बढी नेवार समुदायका व्यक्तिको सहभागिता थियो ।

म्हः भनेको आत्मा हो । त्यही शुद्धीकरणका लागि यसको पूजा गर्ने चलन छ । नेवा खलः कपिलवस्तुका अध्यक्ष हेमन्त श्रेष्ठले आफ्नो भाषा संस्कृति कलाको सरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक नेपाल सम्वतमा र्‍याली निकालिएको बताउनुभयो । उहाँले नेवाः खलले अब तौलिहवाका पनि विभिन्न किसिमका कामहरु गर्दै जाने बताउनुभयो ।