गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २९ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । नेता खनाल आज भक्तपुर पुगेर भाइ दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार दिदी र बहिनीलाई पनि शुभसाइत १०ः५१ मा टीका लगाइदिनुभयो । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि आज दिनभरी भाइटीका लगाउन सकिने बताइएको छ ।