• २० वैशाख २०८१, बिहिबार

उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

blog

काठमाडौं, कात्तिक २७ गते । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ ।

अघिल्ला वर्षहरुमा रातको समयमा सुरक्षा व्यवस्थाका कारण समय तोक्ने गरिए पनि यसवर्ष भने जुनसुकै बेला पनि देउसी, भैलो खेल्न सकिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार उपत्यकाभरको सुरक्षा व्यवस्था कडा रहेका कारण जुनसुकै समयमा पनि मर्यादित भएर देउसी, भैलाे खेल्न सकिनेछ ।

उहाँले भन्नुभयो, “उपत्यकामा एकै प्रकारको निर्णय भएको छ , इच्छुक आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न सक्नेछन् । सुरक्षा दिन २४ औँ घण्टा तयार छौँ ।”

तर भुइँचम्पा, आतसबाजी, पटका जस्तो जोखिम निम्त्याउने विस्फाेटक एवम् प्रज्ज्वलनशील वस्तु प्रयोग र बिक्री गर्न भने पूर्णतया बन्देज लगाइएको उहाँको भनाइ छ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।