फिदिममा चासोक मेला सुरु
पाँचथरको फिदिममा शनिबारदेखि चासोक मेला सुरु भएको छ। मेला हरेक वर्ष उधौली पर्वका अवसरमा लाग्ने गर्छ।
पर्यटकको पर्खाइमा गुप्तेश्वर गुफा (फोटो फिचर)
मकवानपुरको कैलाश गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा प्राकृतिक गुफा ओझेलमा परेको हो ।
तानसेनमा योमरी महोत्सव
तानसेनका स्थानीय बासिन्दाको सक्रियतामा नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ‘योमरी महोत्सव’ गरिएको हो ।
बुडडी झडुलामाई मन्दिर (फोटो फिचर)
कपिलवस्तु, पुस ७ गते । कपिलवस्तुको प्रख्यात शक्तिपिठ झडुलामाईको मन्दिर । यो मन्दिर कपिलवस्तु जिल्लाको बुद्धभूमि ४ बुडडीमा अवस्थित रहेको छ । काठमाडौँबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा तीन सय २४ किलोमिटरको दुरीमा राजमार्गको दाहिने किनारमा निकै नै फराकिलो जङ्गलको क्षेत्रफलमा रहेको छ। यस मन्दिर परिसरमा झडुलामाई मन्दिर लगायत समयमाई, दुर्गा, हनुमान, गणेश, बुद्धबाबा, नाग देवता, फुलनदेवी, फुलमती देवी, बागेश्वरी, बर्मा, पश्चिमेली काली, सुपा देउराली, जल बराह, नरसिंह औतार, शीतला माता देवीका मन्दिरहरू रहेका छन् जसले गर्दा यस स्थललाई धार्मिक स्थल एवं नेपाल सरकारबाट मान्यता प्राप्त झडुलामाई आध्यात्मिक प्रतिष्ठान समेत रहेको छ।मन्दिरको गर्भ गृहको मध्य भागमा निकै नै पुरानो एवम् निकै नै कलात्मक शैलीको कालो प्रस्तरको झडुलामाईको मूर्ति रहेको छ भने उक्त मूर्तिको दायाँ र बायाँ अन्य देव देवताहरू प्नि रहेका छन्। यस मन्दिरका १३ औँ एवम् विगत २२ वर्षदेखि पुजारी रहेका कुलबहादुर खडकाका अनुसार पूर्व पश्चिम राजमार्ग निर्माण हुँदा यस झडुलामाईको मूर्ति राजमार्गको उत्तरतर्फ जङ्गलमा वि.स. १९१९ मा फेला परेको थियो। पहिला सामान्य मन्दिरको रूपमा रहेको यो देवीको मन्दिर स्थानीयवासीहरु, समाजसेवीहरू, विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा वि.स. २०५४ सालमा मन्दिर स्थापना भएको बताउनुभयो।यस मन्दिरमा दैनिक बिहान र बेलुका नित्य पूजा अर्चना हुने गर्दछ र विशेष गरी यस देवीको मन्दिरमा हिन्दुहरूको महान् पर्व विजया दशमी, चैते दशमीमा स्थानीय भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ। भक्तजनहरूले आफ्ना विभिन्न भाकलका लागि यस देवीको मन्दिरमा बलिको प्रथा समेत रहेको छ।मन्दिर परिसरमा स्थानीयवासीहरुले विवाह, व्रतबन्ध लगायत विभिन्न धार्मिक कार्यक्रम समेत गर्ने गर्दछन्। जङ्गलको हरियाली र मनोरम स्थल भएकोले स्थानीयवासीहरु र स्कुलका विद्यार्थीहरू यहाँ मनोरञ्जनका लागि पिकनिक समेत खेल्न आउने गरेको पुजारी बताउनुहुन्छ।
सातगाउँले जात्रा सुरु
राजधानीको दक्षिणपश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा सुरु भएको छ । कीर्तिपुरको इन्द्रायणी रथयात्राबाट सुरु भएको जात्रामा पाँगाको बालकुमारी र विष्णुदेवीको रथयात्रा हुँदै चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्तिपीठबाट रथयात्रा गराइन्छ । सिँगारिएको रथमा देवीदेवताको प्रतिमा राखिने र सबै गाउँलेबाट पूजा भएपछि सिन्दुरे जात्रासहित बल्खुमा लगिने चलन छ । जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँसम्म गर्ने चलन छ । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा ‘बखुमदः न्हय्गाँ’ जात्रा भनिन्छ ।
पाथीभरा केबलकार तेह्र महिनामा निर्माण गरिसक्छौं : ढकाल
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ।
सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना
तनहुँको भानु नगरपालिका-१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको छ । हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार) सतीघाट (गाईथुने)लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास गर्न गुरुयोजना बन्ने भएको हो ।
‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’
परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताउनुभएको छ ।
मन्त्री किरातीको स्पष्टीकरण : धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
नौमती बाजा घन्काउँदै महिला
इलामको सूर्योदय नगरपालिका-९ की वेदकुमारी पाण्डे ५३ वर्षको उमेरमा नौमती बाजा बजाउन सिक्दै हुनुहुन्छ । लगातार १० दिनसम्म नौमती बजाउन सिकेपछि उहाँलाई अब व्यवसायीक रूपमा बाजा बजाउने रहर छ ।
पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।
बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग
थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । बैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् ।
पुस १० देखि चितवनमा हात्ती महोत्सव हुने
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पुसे मेलाका अवसरमा स्थानीय बिदा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ऐतिहासिक पुसे मेलाका लागि स्थानीय बिदा दिएको छ ।
माडीको सोमेश्वरगढीमा बढ्दै पर्यटक
चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा मानिन्छ ।
पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।
रामकलेवा विधि भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न
आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।
विवाह पञ्चमी : यात्रुको बास खुला आकाशमुनी
धार्मिक ऐतिहासिक सहर जनकपुरधाममा तीर्थ यात्रु खुला आकाशमुनी बस्न बाध्य भएका छन्। साताव्यापी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम आएका हजारौँ भारतीय यात्रुहरू खुला आकाशमुनी बस्न बाध्य भएका हुन्।
सेलो महोत्सवमा कलाकारहरू सम्मानित
तामाङ कलाकार सङ्घद्वारा आयोजित मौलिक सेलो महोत्सवमा कलाकारहरू सम्मानित भएका छन् । राजधानीमा आयोजित दुईदिने मौलिक सेलो महोत्सवमा तामाङ समुदायको मौलिक गीत-सङ्गीतको प्रवर्द्धनमा सक्रिय पत्रकार तथा कलाकार बुद्ध योन्जनलगायतका कलाकारहरू सम्मानित हुनुभएको हो ।
थप सुन्दर बनाइँदै ऐतिहासिक ‘काष्ठमण्डप’
हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दूलजङ्ग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।
लुम्बिनीमा विश्व शान्ति धाम पुन:निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । एक समारोहबिच श्रमदान गर्दै धाम निर्माणको पुनः सुरुवात गरिएको हो। विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्काएर पुनः सुरुवात गर्नुभएको हो ।
इनरुवामा सीताराम रथ यात्रा निकालियो
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा आइतबार विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिएको हो ।
रामजानकी विवाह : जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् ।
विवाहपञ्चमी महोत्सव मनाइँदै
त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी माता सिताविच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लाससाथ मनाइँदै छ ।