• ११ मंसिर २०८१, मङ्गलबार

गुफाभित्र प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा

blog

प्रार्थना । फाइल तस्बिर

काभ्रेपलाञ्चोक, पुस २३ गते । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मावलम्बी लामाले २५ दिनदेखि गुफामा शान्ति र अहिंसाका लागि प्रार्थना गरिरहेका छन् । 

खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहित लामाहरू डेढ महिनाका लागि गुफा बसेका हुन् । उक्त संस्थाका अध्यक्ष वीरबहादुर वाइबाका अनुसार गुफामा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक लगायत जिल्लाबाट एक सय पचास लामा सहभागी भएका छन् । 

“तामाङ समुदायमा पछिल्लो समय ‘लामा’गुरुको सङ्ख्या घट्दै गएकाले कुन्छाम्मार्फत् लामा पठन पाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो,“ आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने छ ।” कुन्छाम्का लागि केही नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ ।” 

पैँतालिस दिनसम्म सञ्चालन हुने कुन्छाम्का लागि १२ लाख खर्च हुने आयोजकको अनुमान छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । रासस