• १४ असार २०८१, शुक्रबार

खैरहनीमा नवौँ थारु खिचरा महोत्सव हुने

blog

खिचरा महोत्सवबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै आयोजक ।

शालिग्राम नेपाल 

चितवन, पुस २१ गते । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव हुनेभएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी –५, गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । 

माघी पर्वको अवसर पारेर थारु समुदायको सांस्कृतिक, भेषभुषा, भाषा–साहित्य, कला, संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदैआएको छ । यस महोत्सवलाई चितवनवासी थारु समुदायले मात्र नभई सबै जातजातिले गर्वको रूपमा लिनेगरेको महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।  

महोत्सवमा १५० बटा स्टल रहने आयोजकले जनाएको छ । स्टलहरूमा थारु समुदायको खानाका परिकारहरू राखिने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न सङ्घ संस्थाहरूको स्टलहरू समेत रहने छन् । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ ।