फुङ्लिङमा चासोक तङ्नाम मनाइयो
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदानलगायत विभिन्न कार्यक्रम गरी लिम्बू समुदायले चासोक तङ्नाम मनाएका हुन् ।
छठ पर्व : सबैको मन जोड्ने सेतु
अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु (फोटो फिचर)
नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
छठघाटका लागि विशेष सुरक्षा व्यवस्था
सूर्य उपासना अर्थात् सूर्यदेवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको छ ।
आस्थाको पर्व छठ
छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो ।
गरुडा नगरपालिकाद्वारा छठमा व्रतबस्ने विपन्न महिलालाई पूजा सामग्री वितरण
आर्थिक अभावका कारण छठ पर्व मनाउन नसक्ने अति विपन्न परिवारका व्रतालु महिलालाई रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमनीप्रसाद जयसवालले सारी एवम् पूजाका सामग्री वितरण गर्नुभएको छ ।
छठमय बन्यो मधेश (फोटो फिचर)
तराई-मधेश यतिबेला पवित्र पर्व छठमय बनेको छ। यहाँका प्रत्येक बस्ती छठका गीतले गुञ्जायमान बनेका छन्। व्रतालु र उनीहरूका परिवार छठ पूजाको अन्तिम तयारीमा जुटेका छन्।
छठ पर्वमा बजार भाउ दोब्बर
हिन्दु धर्ममा आस्थाको महापर्व मानिने छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । एकहप्ता अगावैदेखि उकालो चढेको बजार भाउले छठ महँगिँदै गएको उपभोक्ताहरू बताउँछन् ।
राजधानीमा छठको तयारी धमाधम (फोटो फिचर)
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।