• ६ जेठ २०८१, आइतबार

टुँडिखेलमा भागदौड हुँदा आठ जना घाइते

blog

काठमाडौँको टुँडिखेलअगाडि सडकमा जम्मा भएको भिड । तस्बिर : लक्की चौधरी

काठमाडौँ, माघ १ गते । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । 

उपरीक्षक ढुङ्गेलले भन्नुभयो, “आज टुँडिखेलमा ठुलो सङ्ख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।” घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ । रासस