• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय भक्का दिवस मनाइयो

blog

दमक समाचारदाता

दमक,माघ १ गते। सातौँ राष्ट्रिय भक्का दिवस झापामा मनाइएको छ । रैथाने परम्परागत खाद्य परिकारका रूपमा प्रवर्धन र संवर्धन गर्ने साझा प्रतिबद्धतासहित आइतबार भक्का दिवस मनाइएको हो । 

राजवंशी समाज विकास समिति केन्द्रीय समितिको आयोजनामा बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा निःशुल्क भक्का वितरणसहित विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातौँ भक्का दिवस मनाइएको हो । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भक्का राजवंशीलगायत पूर्वी नेपालको सबै समुदायले चिसो मौसममा खाने प्रमुख परिकारका रूपमा लिइन्छ ।

भक्का दिवसका अवसरमा कोशी प्रदेशका  पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले कोशी प्रदेशका आदिवासी समुदाय राजवंशीको मौलिक र रैथाने खाद्य परिकारको प्रवर्धनका लागि भक्का दिवस सफल बनेको बताउनुभयो । भक्का दिवसका अवसरमा झापाको भद्रपुर नगरपालिका, कचनकवल र हल्दीबारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका थिए ।