• २४ असार २०८१, सोमबार

पहाडी क्षेत्रमा रनपुतला पर्व विसर्जन गरिँदै

blog

डोटीको दिपायल सिलगढी नगरपालिका –७ रातोलीमा मौलिक पहिरनमा सजिएका चेलीहरु रनपुतला विसर्जनका क्रममा पुतला खेल खेल्दै । तस्विर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, माघ २ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुस १५ गतेदेखि सुरु भएको रनतपुतला पर्व विसर्जन गरिँदैछ । सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा कतिपय स्थानमा माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा विसर्जन भइसकेको छ । कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन छ । 

यो पर्वलाई छोरी चेलीले आफ्ना वेदना पोख्ने पर्वका रुपमा लिने गर्दछन् । परापूर्व कालदेखि मनाइँदै आइएको रनपुतला पर्वमा माइतीघर छाडेर कर्म घर जाने क्रममा हुने छोरी चेलीहरुको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको हुन्छ ।  रनपुतला गाउँ नजिकै रहेको पँधेरोमा लगेर विसर्जन गरिन्छ ।