संस्कृति संरक्षणमा जुट्दै थारु समुदाय
पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीत लगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् ।
सबै धर्मको सम्मान आवश्यक छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधैँ धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने उहाँको भनाइ छ ।
मल्लकालीन दरबारको पुनः निर्माण सुरु
भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालीन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनः निर्माण सुरु गरेको हो ।
थारुहरूको परम्परा तथा लोकसंस्कृति संरक्षणार्थ रौतहटमा कात्तिकेश कुँवर मेला
आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जिल्ला कै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
परम्परा जोगाउन भेडा जुधाई
बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
गौरवशाली नेपाली मन्दिर
भारतमा विहारको हाजीपुर, कोनहाराघाट नजिकै रहेको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्वको ‘नेपाली मन्दिर’ यतिखेर ज्यादै जीर्ण अवस्थामा छ । इतिहास, कला र संस्कृतिमा रुचि राख्ने जो कोहीका लागि उदाहरणीय बनेको यो मन्दिर प्रत्येक नेपालीका लागि विशेष गौरवको विषय हुनु अस्वाभाविक होइन ।
परम्परागत कला झल्काउने मेला सुरु
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला सुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि सांस्कृतिक मेला सुरु भएको हो । कात्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको बिहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्म रोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”
मनाइयो सकिमना पुन्ही : इष्टदेवलाई सक्खरखण्ड, पिँडालु
कात्तिक पूर्णिमामा सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मनाइएको छ । यस पर्वमा सकी अर्थात् पिँडालु तथा सक्खरखण्ड उसिनेर खाने प्रचलन छ । ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार पिँडालु, सक्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेले जानकारी दिनुभयो । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास छ ।
७९ जना बालिकाको बेलविवाह (फोटो फिचर)
काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ । नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ ।