• १५ वैशाख २०८१, शनिबार

तामाङ समुदायमा ल्होछारको रमझम (फोटो फिचर)

blog

ल्होछार मनाउन टुँडिखेलमा उपस्थित तामाङ भेषभूषामा युवतीहरु । तस्बिर: केशब गुरुङ

काठमाडौँ,  माघ  २७ गते । आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदैछन् । 

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल विशेष कार्यक्रमको आयोजना गरी झाँकीसहित ल्होसार मनाएको छ।    

बिरालो वर्षको बिदाइ गरी आजदेखि ड्रागन वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।