• ९ जेठ २०८१, बुधबार

वसन्तपुरमा मनाइयो ११ औँ नेपाली टोपी दिवस

blog

काठमाडौँ, पुस १६ गते । ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौँको वसन्तपुरमा कार्यक्रम गरी टोपी दिवस मनाइएको हो । 



‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औँ नेपाली टोपी दिवस मनाइएको हो । दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताएको छ । 


उनीहरुले ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग गरेका छन् । नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान, हाम्रो राष्ट्रिय पहिचान टोपीलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।