• ११ मंसिर २०८१, मङ्गलबार

बराह क्षेत्रमा पितृ उद्धारका लागि जम्मा भएका भक्तजन

blog

राममणि दाहाल 

बराह क्षेत्र, पुस २६ गते । सुनसरी जिल्लाको मात्र नभई नेपालकै प्रख्यात तीर्थस्थल हो–वराह क्षेत्र  । 

कोका र कोशी नदी सङ्गममा पर्ने यो स्थान वराहक्षेत्र नगरपालिका वडा नं.–१ मा अवस्थित छ। पोखे औँसीका दिन बिहीबार पितृ कार्यका लागि जम्मा भएर भक्तजनले श्रद्धा गर्ने तथा तर्पण दिएका छन् । 

ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराणलगायतका पुराण र महाभारत महाकाव्यमा समेत उल्लिखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानोमध्येको एक देवस्थल हो। 

हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये दुई भारतमा र दुई नेपालमा पर्दछन् । कुरुक्षेत्र र धर्मछेत्र भारतमा र वराहक्षेत्र र मुक्तिनाथ वा मुक्तिक्षेत्र नेपालमा छन्।