• ११ मंसिर २०८१, मङ्गलबार

माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव हुने

blog

थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउनेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस २६ गते । माघे सङ्क्रान्तिको अवसरमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो ।

माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ । यस वर्ष थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताउनुभयो ।

उहाँले थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवम् बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवम् बिक्री हुने बताउनुभयो । उहाँका अनुसार फूड स्टलहरुमा पारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, खिचडी, तिलको लड्डू, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गँगटो, सिद्रा, मसुलार) रहनेछन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटीलगायत विभिन्न परिकार राखिनेछ ।

महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताउनुभयो ।