श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ५ बस्ने मदनी चौक बस्ने मसुद आलम लहेरीलाई जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
फरार अभियुक्त २० वर्षपछि पक्राउ
हत्या अभियोगमा २० वर्षदेखि फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हत्या अभियोगमा १६ वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई आइतबार पक्राउ गरिएको हो।
भारतबाट लागुऔषध भित्र्याउने दुई पक्राउ
भारतबाट लागुऔषध खैरो हिरोइन भित्र्याउने दुई जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ ।
छ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई काठमाडौँ–६, बौद्ध तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो ।
छ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ मूलका नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।
चोरेर जम्मा गरेको लाखौँको सामान सहित कोइराला पक्राउ
चोरीको सामानसहित पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका अर्जुन कोइराला रहेका छन् ।
पर्यटकको आवरणमा अपराध
जेठ १८ गते काठमाडौँको ठमेल क्षेत्रबाट नौ जना विदेशी महिला पक्राउ परे । पर्यटक भिसामा नेपाल आएका उनीहरूले ठमेलमा वेश्यावृत्ति गर्ने तथा सडक यात्रा गरिरहेका आन्तरिक तथा विदेशी पर्यटकलाई अश्लील क्रियाकलापमार्फत हैरानी दिन थालेपछि प्रहरीले पक्राउ गरेको दाबी गरेको छ ।
बचतकर्ताको दुई अर्ब ८२ करोड अपचलन
दुई अर्ब ८२ करोड रुपियाँ अपचलन गरेको कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका चार सञ्चालक कानुनको फन्दामा परेका छन् । पति अध्यक्ष र पत्नी व्यवस्थापक रहेको उक्त सहकारीका अध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामध्ये चार जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार कृषि विकास सहकारीका अध्यक्ष, व्यवस्थापक र दुई जना सञ्चालक सदस्यलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
रुसी जेल कर्मचारी आइएस कैदीको नियन्त्रणमा
दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरुले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ ।
बेपत्ता महिलाको शव फेला
आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडे गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छः गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताउनुभएको छ ।
सामाजिक सुरक्षा भत्तामा अपचलन गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो वडाबाट ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्दा वडाअध्यक्ष समेतको मिलेमतोमा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचीमा प्रविष्ट गरी, गराइ सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरिएको देखिएको छ।
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध तीन लाख ९१ हजार ९२९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सवारी ज्यान मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
नाबालकसहित एकै परिवारका तीन जना मृत फेला
झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो ।
विषादीसहितको आँप बजारमा छ्यापछ्याप्ती
सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।
बलात्कार आरोपीलाई १२ वर्ष कैद
इलामको सूर्योदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर-४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रजातन्त्र दिवसमा छुटेका कैदी २३ वर्षपछि समातिए
कर्तव्य ज्यानको कसुरमा अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको भए पनि सरकारको सिफारिसमा छुटेका दुई जना कैदीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू दोलखा मेलुङ–१ का साधुराम भन्ने खड्गबहादुर दमाई र केदार भन्ने दुर्गबहादुर दमाईलाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक अङ्कुर जिसीका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवस–२०५६ का अवसरमा कारागार शाखा काठमाडौँको कैदी चलानी नम्बर २७३४ को पत्र अनुसार दुवै जना २०५६ फागुन ७ गते कैद मिनाहामा परेका थिए ।
बेवारिसे महिलामाथि बलात्कार गरेर फरार युवक पक्राउ
सडकमा बेवारिसे भएर हिँड्ने महिलालाई जबरजस्तीकरणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले सर्लाहीको जिरायतबाट पक्राउ गरेको छ ।
जबरजस्ती करणीको आरोपमा अहेब पक्राउ
पाल्पामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट–५, नयाँटोलाका ३६ वर्षीय बृहस्पति पचभैया रहेको प्रहरीले जनाएको छ ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध रकम हिनामिना गरेको आरोप
सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराईसहित चार जनाविरुद्ध चार लाख ६० हजार ४५५ रुपियाँ रकम हिनामिनाको आरोप लागेको छ ।
वीरगन्जका अवैध गोदाममा सशस्त्र प्रहरीको छापा : ४४ लाखको सामान बरामद
सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँबाट अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।
निलम्बित न्यायाधीश गिरीलाई सात वर्ष कैद
जिल्ला अदालत काठमाडौँले वैवाहिक बलात्कार मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय निर्धारण गरेको छ । निलम्बित न्यायाधीश गिरीलाई जेठ १३ गते अदालतले दोषी ठहर गरेको थियो । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । कसुर ठहर गरेकै इजलासले सजाय निर्धारण गर्ने व्यवस्थाबमोजिम भुसालकै इजलासले सोमबार सजाय तोकेको हो ।