• १२ असार २०८१, बुधबार

चोरेर जम्मा गरेको लाखौँको सामान सहित कोइराला पक्राउ

blog

पक्राउ परेका मानिस र गरगहना । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, असार ३ गते । चोरीको सामानसहित पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका अर्जुन कोइराला रहेका छन् । 

उनलाई असार १ गते बगनासकालीबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल,  तीन थान मोबाइल, चाँदीकाे एक थान औठी बरामद गरिएको छ । 

उनको साथबाट थप एनसेल र एनटिसीका २० थान  सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको श्रेष्ठले बताउनुभयो । सो घटनामा संलग्नको खोजी गर्ने क्रममा कोइरालालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । 

पछिल्लो समय पाल्पामा चोरीका घटनामा वृद्धि भएको थियो । यसअघि तानसेन, माथागढी, मदनपोखरालगायतका स्थानमा सुनका गरगहना, घरमा भएका बहुमूल्य सामग्री चोरी भएको थियो ।