पढाइदिने भन्दै बालिकालाई भारतमा बिक्री गर्ने महिला पक्राउ
अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौँ जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
एक किलो ७६८ ग्राम सुन र एक करोड ४३ लाख नगदसहित सात जना पक्राउ
नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
रजबहादुर हत्याका आरोपी १६ वर्षपछि पक्राउ
कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावतलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ । उहाँलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पेस्तोलसहित एक पक्राउ
पोखराको लेकसाइडबाट पेस्तोलसहित एक फरार अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बिहीबार बिहान पेस्तोलसहित डाँका चोरी, लागूऔषध, गुण्डागर्दी लगायतका १३ मुद्दाका अभियुक्त पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पक्राउ गरेको हो।
तत्कालीन गाउँपालिकाका उपाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित नौ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु ४१ लाख २० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बाटो निर्माणमा अनियमितता : सात जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।क्ता समितिका अध्यक्षसहित सात जानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद फैसला भई फरार रहेका विभिन्न मुद्दाको ६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बुहारी करणी आरोपमा ससुरा पक्राउ
धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । वि.सं.२०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।
दराजबाट करिब छ लाख चोरी आरोपमा तीन पक्राउ
पोखरा नयाँ बजारमा रहेको दराजको अनलाइन डेलिभरी भवनबाट नगद, मोबाइल र झोला चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
घाँटीको सिक्री लुटेर भाग्ने राजवंशी पक्राउ
घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ः२५ बजे झापा मेचीनगर नगरपालिका वडा नम्बर १३ पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी सरे डाँगी बस्ने २१ वर्षीया रचना आङदाम्वेको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर भागेपछि मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक र शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको आरोप
पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ ।
रेखबहादुरले लगाए आफ्नै घरमा आगो
गुल्मीमा रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुरले आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
झापाका १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट समेत फोरेर चोरी भएको थियो ।
सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल विरुद्ध २३ करोडको भ्रष्टाचार मुद्दा
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारद्वारा विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशन पदमा कार्यरत विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।
अनलाइन जुवा खेलाउने १५ जना पक्राउ
अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोवाइल सहित १५ जना पक्राउ परेका छन् ।
जङ्गलमा मानव कङ्काल फेला
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढीचौरमा मानव कङ्काल फेला परेको छ । आलखोला जङ्गलमा शनिवार घाँस काट्न गएका स्थानीयले मृत मानिसको कङ्काल देखेपछि देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
भन्सार छलेर भित्र्याएको ७४४ जोर चप्पल बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर नेपालगन्जमा ल्याएको ठुलो परिमाणको चप्पल बरामद गरेको छ ।
बुवाको हत्या आरोपमा छोरा पक्राउ
तनहुँमा एक युवकले शुक्रबार दिउँसो २ः १५ चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेको आरोप लागेको छ।
एक करोड २० लाख बराबरको कपडा बरामद
भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी भण्डारण गरी राखेको एक करोड २० लाख रुपियाँ मूल्य बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।