• १२ साउन २०८१, शनिबार

लापसे गरेर गाडी चलाउने ६ जना ड्राइभर नियन्त्रणमा

blog

काठमाडौँ, जेठ ५ गते । लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रवार ट्राफिक प्रहरीले काठमाडौँको नाग ढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका १ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका ३ का २६ वर्षीय सुशील परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका १० का २६ वर्षीय पारस अधिकारी, मधेस प्रदेश ०३(००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका २ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१-००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका २ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका ३ का २२ वर्षीय जीवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको जनाएको छ । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ड्रग किटमा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको प्रहरीले जनाएको छ । २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागूपदार्थ सेवन गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनुभयो । 

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न समेत अनुरोध गरेको छ ।