अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक
भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध बाटो हुँदै ल्याइएका मोबाइलका सामान बरामद
भारतबाट भन्सार राजस्व छलेर अवैध रुपमा भित्र्याइएको करिब १० लाखको मोबाइलका विभिन्न सामानलाई जानकी गाउँपालिकाबाट नियन्त्रणमा लिएको छ।
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ
कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बाँके लागूऔषध कारोबारको उच्च जोखिममा
बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुईजना युएईबाट पक्राउ
ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
भरुवा बन्दुक सहित एक जना पक्राउ
नवलपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो ।
ध्वनि प्रदूषण गर्ने सवारीसाधनको प्रेसर हर्न निकालियो
ध्वनी प्रदूषण नियन्त्रण अभियान कार्यक्रमअन्तर्गत सो प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नक्कली लाइसेन्स प्रकरणमा, थप दुई जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् । ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार भण्डारीलाई बुधबार र न्यौपानेलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु भएको छ । यससँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको ब्युरोले जनाएको छ ।
तीन जना फरार अभियुक्त पक्राउ
पाँचथर प्रहरीले बाल यौन दुर्व्यवहार विरुद्धको मुद्रामा अदालतबाट दोषी ठहर भएपछि फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषधसहित तीन विदेशी महिला पक्राउ
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका-१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।
खेतको सिमाना विवादमा सँधियारको हत्या
सिरहाको अर्नमा गाउँपालिका-२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ ।
नक्कली धातु दिएर सुन लैजाने पक्राउ
सुनजस्तो धातु देखाएर झापाको दमकमा ज्येष्ठ नागरिक र महिलालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली सुन दिएर सक्कली सुन लैजाने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याइएको १२ लाखको सामान बरामद
भन्सार छलेर भारतबाट ल्याइएको १२ लाख रुपियाँ बढीको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
श्रीलङ्काबाट उद्धार गरिएका एक महिलाले खुलाउनुभयो बेचबिखनमा संलग्नको पहिचान
माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड-१९ को बेला श्रीलङ्काबाट उद्दार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताउनुभएको छ ।
तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद
जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।
विद्यालय नजिक लागूऔषध बिक्री गर्ने चार जना पक्राउ
चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पनि चन्दले बताउनुभयो ।
डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ
आफैले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । मङ्गलवारबाट न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस जारी छ ।
गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ
लागूऔषध कारोबारमा संलग्न रहेका भारतीय नागरिकलाई मोरङ प्रहरीले मङ्गलबार गोली प्रहार गरी पक्राउ गरेको छ ।
सेयर रकम हिनामिना : प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ
सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेसलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरूलाई पक्राउ गरेको हो ।
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । वि.सं.२०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघन डुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् ।