• १२ साउन २०८१, शनिबार

ध्वनि प्रदूषण गर्ने सवारीसाधनको प्रेसर हर्न निकालियो

blog

सवारीसाधनबाट प्रेसर हर्न निकाल्दै धनुषाका ट्राफिक प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक सय १० वटा ठुला सवारीसाधनको प्रेसर हर्न निकालिएको छ । ध्वनि प्रदूषण नियन्त्रण अभियान कार्यक्रमअन्तर्गत सो प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिबहादुर वलीले बजार क्षेत्रमा हर्न बजार ध्वनि प्रदूषण गरेको सवारीसाधनबाट प्रेसर हर्न निकालिएको बताउनुभयो । कार्यालय मातहतका ट्राफिक प्रहरीले जिल्लाको विभिन्न स्थानमा ठुला सवारीसाधनको प्रेसर हर्न जाँच गरी कारबाही गर्दै प्रेसर हर्न निकालिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक वलीले भन्नुभयो, "कम्पनीले दिएको भन्दा धेरै प्रेसर हर्न राखेर विद्यालय क्षेत्र, बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्रमा प्रेसर हर्न बजाउने सवारीसाधनको हर्न झिकेका छौँ।" एक पटक हर्न निकालेपछि पुनः प्रेसर हर्न जडान गरेर बजाएमा जरिवाना गरिने उहाँले बताउनुभयो । 

ठुलो आवाजमा प्रेसर हर्न बजाउँदा बाटोमा हिँड्ने पैदल यात्री, साइकल यात्री, बिरामी र विद्यार्थी आत्तिएर छिटो बाटो क्रस गर्न खोज्दा दुर्घटना बढी हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि पनि प्रेसर हर्न निकालिएको उहाँको भनाइ छ ।