• १२ साउन २०८१, शनिबार

गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ

blog

शशिधर पराजुली
विराटनगर, जेठ १ गते । 
लागूऔषध कारोबारमा संलग्न रहेका भारतीय नागरिकलाई मोरङ प्रहरीले मङ्गलबार गोली प्रहार गरी पक्राउ गरेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली हानेर मोरङको रतुवामाई नगरपालिका ६ बाट भगीरथ हरिजन नामका व्यक्तिलाई पक्राउ गरेको हो । गोली लागेर घाइते हरिजनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार हरिजनको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्व सूचनाका आधारमा कारोवारस्थलमा कारबाही गरेको थियो । त्यसक्रममा प्रहरीमाथि नै आक्रमणको प्रयास भएकाले दुई राउण्ड गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतको बिहार, किसनगञ्ज–८ घर भएका हरिजनको साथबाट बिआर क्यु ३८३० नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ ।