• १२ साउन २०८१, शनिबार

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

blog

काठमाडौँ, जेठ ४ गते । कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा छाम बिरपद गाउँपालिका-१ का २७ वर्षीय मोहन खड्का, छाम कमलबजार-१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथली गाउँपालिका-७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना-५ का २१ वर्षीय सुदीप गिरी, अछाम रामारोसन-७ का २३ वर्षीय नवीन भन्ने नृप भण्डारी, वैतडी पुरचौडी-१ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगङ्गा-५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा बझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबिच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो । पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । रासस