हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ
प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठुलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
आमाको हत्या आरोपमा छोरा पक्राउ
मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
नक्कली औषधी बिक्रेता कारागार चलान
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गत फागुन २४ गते सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनका क्रममा फेला परेका बाँकेका एक नक्कली औषधी बिक्रेतालाई अदालतले कारागार चलान गरेको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशकसहित छ जनाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा
स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित छ जनाविरुद्ध दुई करोड ८९ लाख ६६ हजार ५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
घुससहित वडाध्यक्ष पक्राउ
कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् ।
कारागारभित्र कैदी राईको मृत्यु
सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।
नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
अधिकांश उजुरी मेलमिलापबाटै समाधान
झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरूपण भएका छन् ।
सांसद गुरुङको निलम्बन फुकुवा
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको आदेश गरेको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले आफूलाई जरिबाना मात्र गरेकाले प्रतिनिधि सभामा सहभागी हुने अधिकार माग गर्दै गुरुङले दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले माग अनुसार आदेश गरेको हो । निलम्बनको पत्राचार बदरसँगै गुरुङलाई बैठकमा भाग लिन बाटो खुलेको छ ।
विद्यालयका लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार गरेको आरोप
दाङको जनज्योति माध्यामिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष जगदिश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक
प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
‘महोत्तरी कारागार भवन जीर्ण’
महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिका सदस्यले कारागार प्रशासनसहितको सहभागिता भएको अनुगमनमा महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय पाइएको बताएका छन् ।
क्रिप्टो संस्थापक ब्याङ्म्यान-फ्राइडलाई २५ वर्ष जेल सजाय
क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको हो ।
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो ।
हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ ।
सबैभन्दा धेरै घरेलु हिंसाका मुद्दा दर्ता
नेपाल प्रहरीले एक वर्षको अवधिमा ५९ हजार ६१ वटा घटनाका मुद्दा दर्ता गरेको छ । प्रहरीकाअनुसार दर्ता भएका मुद्दामा सबैभन्दा धेरै घरेलु हिंसाको मुद्दा १६ हजार सात सय ४१ रहेको छ । अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण गरी बिहिबार प्रहरी प्रधान कार्यलयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी प्रहरीले दिएको हो ।
पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो ।
दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनाविरुद्ध ९१ करोडको भ्रष्टाचार मुद्दा
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उत्तरी इलेनोइसमा छुरा प्रहार, चार जनाको मृत्यु
संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शङ्कास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताउनुभएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
चार आरोपितमाथि आतङ्कवादको अभियोग
मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ ।
पोखरा २२ को वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा
पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
पाकिस्तानीको २० लाखभन्दा बढी तथ्याङ्क चुहावट
पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा)ले जनाएको छ ।