• ८ जेठ २०८१, मङ्गलबार

ठगी आरोपमा एक जना पक्राउ

blog

पक्राउ परेका बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापा ।

राममणि दाहाल

हेटौँडा, वैशाख १८ गते । भारतमा काम लगाइदिन्छु भन्दै ठगी कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापालाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार २५ वर्षीय थापाले भारतमा राम्रो आम्दानी हुने काम लगाइदिन्छु भन्दै मकवानपुरको बकैया गाउँपालिका-५ का वर्ष २६ का सुरेश थिङसँग दुई लाख चार हजार २८९ र चितवनको राप्ती नगरपालिका-४ भण्डाराका वर्ष २९ का रोशन घिमिरेसँग एक ९२ हजार गरी तीन लाख ९६ हजार २८९ रुपियाँ लिई भारतको मुजफ्फरपुरमा लगेर भने बमोजिमको काममा नलगाई भागेका थिए । 

निज सन्तोषलाई खोजतलासको क्रममा हेटौँडा उपमहानगरपालिका वडा नं.१० स्थित बसपार्कबाट पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।