बाँसबारीको अतिक्रमित जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताउनुभएको छ ।
सरकारीको रकम हिनामिना गर्ने १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कर्णाली प्रदेशमा सरकारीको रकम दुरुपयोग गरेको आरोपमा १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कुटपिटबाट सहकारी सङ्घका अध्यक्ष घाइते
जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेमाथि कुटपिट भएको छ । जिल्लाको रामपुरस्थित सूर्योदय बचत तथा ऋण सहकारी र तालपोखरा कृषि सहकारी संस्थाबिच भएको एकीकरण कार्यक्रममा सहभागी पाण्डेमाथि मङ्गलबार कुटपिट भएको हो ।
सम्पत्ति शुद्धीकरण : चार जनालाई आठ वर्ष कैद
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चार जनालाई जनही आठ वर्ष कैद सजाय सुनाएको छ । बिमा रकम हत्याउने उद्देश्यले कानुनी विवाह गरी व्यक्ति हत्यामा समेत संलग्न उनीहरूलाई सम्पत्ति शुद्धीकरणमा विशेषले सजाय निर्धारण गरेको हो । अर्का एक प्रतिवादीलाई अदालतले चार वर्षको सजाय सुनाएको छ ।
बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ
प्रहरीले बैङ्किङ कसुरमा फरार प्रतिवादी ३६ वर्षीय आशा चौधरी लिम्बुलाई पक्राउ गरेको छ।
सालनालसहित नवजात शिशुको शव फेला
पश्चिम मकवानपुरको मनहरीमा मङ्गलबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रमुख भन्सार अधिकृतविरुद्ध ८४ लाखको भ्रष्टाचार मुद्दा
विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपियाँको भ्रष्टाचार आरोप लागेको छ ।
ख्यालख्यालैमा पुलबाट हामफाल्दा
कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानी कर्णालीको पुलमा जोखिमपूर्ण कार्य हुन थालेपछि सुरक्षाको आवश्यकता महशुस गर्न थालिएको छ ।
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ
कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
वेश्यावृत्तिमा लगाउने पक्राउ
आकर्षक तलब पाउने गरी घरेलु काममा लगाइदिने प्रलोभनमा पारेर भिजिट भिसामा ओमनको मस्कट पुगेकी युवतीलाई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ । मानव बेचबिखनमा संलग्न पाल्पा तिनाउ गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर बस्ने विष्णुबहादुर रानालाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार घरेलु कामदारका रूपमा मासिक ९० हजार रुपियाँ तलब पाउने प्रलोभन देखाएर मस्कट पुर्याएपछि पक्राउ परेका रानाका साथीले ती युवतीलाई एजेन्ट अफिस लगेर मोबाइल, पासपोर्टलगायतका कागजपत्र जफत गरेका थिए । एउटा कोठामा बन्धक बनाइएकी युवतीलाई ती एजेन्टले ग्राहक बोलाउने र जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ ।
होलीमा नियमविपरीत चल्ने ७१ सवारी कारबाहीमा
दाङमा होली पर्वका अवसरमा सोमवार ट्राफिक नियमविपरीत चल्ने सवारी साधन कारबाहीमा परेका छन् ।
भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो ।
भूकम्प पीडितको करोडौँ रुपियाँ हिनामिना आरोपमा प्रभु बैङ्कका इन्चार्ज पक्राउ
रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् ।
युरोप पठाउने आश्वासमा बन्धक बनाउने बङ्गलादेशी नागरिक पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाउने भनी बङ्गलादेशदेखि काठमाडौँ ल्याएर बन्धक बनाउने चार बङ्गलादेशी नागरिकलाई पक्राउ परेका छन्।
प्रेमी बाटै सुमिनाको हत्या
धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ। इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो। प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ।
श्रीमानको हत्या गर्न रकम दिने च्याङ्वासहित चार पक्राउ
कास्की प्रहरीले श्रीमानको हत्या गर्न रकम दिने महिला सहित हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । ३५ वर्षीया च्याङ्वा भनिने कान्छी लामासहित सिन्धुपाल्चोककै थप तीन जना पक्राउ परेका हुन् ।
भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
सामाजिक विकास एकाइका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित सामाजिक विकास एकाइ कार्यालय राजविराजका सव–इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लागू औषधसहित एकजना पक्राउ
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ ।बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित लागू औषधसहित दमक १ बस्ने २७ वर्षीय छङ राईलाई पक्राउ गरेको हो ।
सुन तस्करी प्रकरण: महरासँगको बयान सकियो
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम बिहीबार सकिएको छ।
श्रीमतीको हत्या गरी कर्मचारीमाथि पनि आक्रमण
बैतडीमा एक जनाले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरमा डेरा गरी बसेका गाउँपालिकाका दुई जना कर्मचारीलाई पनि उनले गम्भीर घाइते बनाएका छन् ।
कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।